एनआरएनए निर्वाचन विवाद सरकारले छानबिन गर्ने, गठन भयो समिति
लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को केही महिनाअघि सम्पन्न निर्वाचनसम्बन्धि विवाद मुद्धा अन्तत: नेपाल सरकारले छानबिन गर्ने भएको छ।
सरकारले विवाद समाधान गर्न भन्दै महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ।
मन्त्रिपरिषद्को निर्णय बुधबार सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले छानबिन समितिमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको जानकारी गराइन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ।
गत अक्टोबर महिनामा सम्पन्न एनआरएन निर्वाचनबाट डा. बद्री केसी अध्यक्ष निर्वाचित भएका थिए भने अध्यक्षका अरु दुई प्रत्यासी महेश श्रेष्ठ र आरके शर्माले निर्वाचनमा धाँधली गरिएको भन्दै नतिजा अस्वीकार गरेका थिए ।
असन्तुष्ट समूहले आरके शर्माकै अध्यक्षतामा समानान्तर समिति घोषणा गरी गतिविधि समेत गर्दै आएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५