लन्डनमा माघे संक्रान्ति सांगीतिक साँझ, गरियो मौलिक परिकार प्रवर्द्धन
वन्दना पाण्डे र सुमन केसीको सांगीतिक प्रस्तुति


लन्डन- लन्डनको क्रोएडनमा एक मनोरञ्जनात्मक सांगीतिक साँझबीच माघे संक्रान्ति मनाइएको छ।
क्रोएडन थोर्टनस्थित ‘सेन्ट जुड विथ सेन्ट एइडन चर्च’ मा सम्पन्न कार्यक्रममा सांगीतिक मनोरञ्जन मात्र थिएन, माघे संक्रान्ति विशेष मौलिक परिकारहरुको स्वाद लिने अवसर पनि थियो।
लन्डनको क्रोएडन पर्लीस्थित ‘गोर्खा नान इन्डियन तथा नेपाली रेष्टुरेन्ट’ र मौलिक नेपाली परिकार प्रवर्द्धनमा जुटेकी स्थानीय जमुना पुनले माघे संक्रान्तिको अवसर पारेर संयुक्त रुपमा ‘दुना टपरी’ इभेन्ट आयोजना गरेका हुन्।
जमुना र उनका समूहका पुष्पा थापा, सुस्मिता गुरुङलगायतले तयार पारेका तीलको लड्डु, भुजाको लड्डु, तरुल, खिचडी, सेलरोटी, बटुक, गुन्द्रक-भटमासको आचारसहितका मौलिक परिकारले कार्यक्रमका सहभागीहरुको मन जितेका थिए। साथमा, गोर्खा नान रेष्टुरेन्टका स्वादिलो मम, सुकुटी, छोइला, भुटनजस्ता परिकार पनि उपलब्ध थिए।
कार्यक्रममा लोकदोहोरी गायिका वन्दना पाण्डे र गायक सुमन केसीले रमाइलो सांगीतिक प्रस्तुति गरे। साथमा डिजे हेम विष्टले पनि डान्सिङ नम्बरहरु बजाएर नचाए।
सो अवसरमा आयोजकका तर्फबाट कार्यक्रममा प्रस्तुति दिने कलाकारका साथै सहयोगीहरुलाई समेत खादा ओढाएर सम्मान गरिएको थियो।
बेलायतमा मौलिक नेपाली खाना प्रवर्द्धनको लक्ष्य बनाएकी जमुना पुनले आफ्नो समूहले पहिलोपटक आयोजना गरेको कार्यक्रम सफल पारिदिएकोमा सबैलाई धन्यवाद ज्ञापन गरिन्।आगामी दिनमा अरु यस्तै कार्यक्रमहरु गर्न हौसला बढेको उनले बताइन्।
‘गोर्खा नान’ सञ्चालक थापाले स्थानीय नेपालीहरुको सुखद जमघटमा नेपाली कलाकारको प्रस्तुतिसंगै माघे संक्रान्ति पर्व मनाउने उद्धेश्यले कार्यक्रम गरिएको बताए। गोर्खा नानले स्थानीय समुदायसँग मिलेर परोपकार र नेपालीपन प्रवर्द्धन् गर्ने खालका कार्यक्रम गर्दै जाने उनको भनाइ छ।
हेरौं कार्यक्रमका तस्विरहरु:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५