शनिबार, पुष २०, २०८१
21:43 | ०३:२८

ए स्टारका रानालाई ‘टप प्रोटेक्सन एडभाइजर’ अवार्ड

नेपाली लिङ्क जनवरी २१, २०२४

लन्डन । ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका मोर्गेज एड्भाइजर किशोर रानाले ‘टप प्रोटेक्सन एडभाइजर’ अवार्ड पाएका छन् । करिब तीन सयजना आफू मातहतका मोर्गेज एण्ड प्रोटेक्शन प्रतिस्पर्धीमध्येबाट रानालाई सन् २०२३ का लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

उक्त अवार्ड प्राप्त गरेपछि आफ्नो कामको मूल्यांकन भएको र थप हौसला मिलेको रानाले बताए । बेलायतको एक प्रतिष्ठित फाइनान्सियल संस्था न्यू लिफ डिस्ट्रिब्यूसनले गराएको प्रतिस्पर्धामा रानालाई ‘टप प्रोटेक्सन एडभाइजर’ को अवार्ड दिइएको हो ।

उनी सन् २०१८ देखि ‘ए स्टार फाइनान्सियल सोलुसन्स यूके’ मा मोर्गेज एड्भाइजरको रुपमा कार्यरत छन् ।

नेपालको स्याङ्गजामा जन्मिरएर सन् २००९ देखि बेलायत बस्दै आएका राना विभिन्न सामाजिक संघसंस्थामासमेत आवद्ध छन् । मगर युथ यूकेका पूर्व अध्यक्ष रानाले चर्चित पर्वतारोही निर्मल पूर्जाको ‘मिशन पोसिवल’ अभियानमा समेत काम गरेका थिए  ।

ए स्टार यसपटक पनि टप टेनमा

विगत ६ वर्षदेखि टप टेनको स्थान ओगट्दै आएको ए स्टार फाइनान्सियल सोलुसन्स न्यू लिफ डिस्ट्रिब्यूसनमा आवद्ध व्यापारिक प्रतिष्ठानहरुमा यसपटक पनि ‘टप टेन’ मा पर्न सफल भएको छ  ।

बेलायतका पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर (आइएफए) मीन दर्लामी प्रिन्सिपल रहेको ए स्टार फाइनान्सियल सर्भिसेजले लण्डनको हेज-हार्लिङटनमा रहेको आफ्नै स्वामित्वको प्रधान कार्यालय साथै आसफोर्ड केन्टबाट सेवा प्रदान गर्दै आएको छ ।

सन् २०१२ मा व्यवसाय शुरु गरेको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले पेन्सन, लगानी, मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुवै), इन्सुरेन्स, विजनेश प्रोटेक्सन, वील एण्ड स्टेट प्लानिङ, इन्कम प्रोटेक्सन एण्ड फेमिली इन्कम बेनिफिट्स आदि क्षेत्रमा सेवा दिइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू