शनिबार, पुष २०, २०८१
21:54 | ०३:३९

प्रवासी नेपाली एकता मञ्च बेलायतमा नयां नेतृत्व

नेपाली लिङ्क जनवरी २०, २०२४


लन्डन । नेकपा एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्च बेलायतको छैटौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनले देवेन्द्र श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयां कार्यसमिति गठन गरेको छ । जसमा उपाध्यक्षहरु मोहन गौतम र गोविन्द उप्रेती, सचिव रमेश बटाला, सहसचिव एलबी तामाङ र आर्थिक विभाग प्रमुख वैभव कसोधन निर्वाचित भएका छन् ।

त्यसैगरि, सदस्यहरुमा दिनेश अधिकारी, जेम्स् श्रेष्ठ, इलियास अन्सारी र पुरुषोत्तम पौडेल चुनिएका छन् ।

उमेशराज मोक्तान, सुशीला राई र कृष्ण तिवारीसहित ३ सदस्यीय सल्लाहकार कमिटी गठन गरिएको छ ।

लन्डन ह्यारोस्थित नेवाः छे माया पवमा भएको अधिवेशनमा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटी इन्चार्ज-संयोजक श्रीप्रसाद साहको प्रमुख आतिथ्य थियो भने अध्यक्षता देवेन्द्र श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिका रूपमा युरोप समन्वय कमिटी संयोजक तथा प्रवास समन्वय कमिटी सदस्य उमेशराज मोक्तान र प्रवास समन्वय कमिटी सदस्य कृष्ण तिवारी लगायतको पनि उपस्थिति थियो ।

कार्यक्रममा प्रमुख अतिथि साहले कमिटीका सदस्यहरूलाई सपथ ग्रहण गराउनुका साथै पार्टीको सन्देशसहित महत्वपूर्ण मन्तब्य राखे । युरोप संयोजक मोक्तान र निवर्तमान अध्यक्ष कृष्ण तिवारी लगायतले समेत मन्तव्य राखेका थिए ।

अधिवेशन गर्न गत अक्टोवर १३ मा आयोजक कमिटी गठन भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू