सोमबार, फागुन १२, २०८१
गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २४ हजार ७६२ पुग्यो


सिन्ह्वा/न्यूज एजेन्सी नेपाल
जनवरी २०, २०२४

तस्बिर सिन्हवा
काठमाडौं, माघ ६ गते । गाजापट्टीमा जारी इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २४ हजार ७६२ पुगेको छ । इजरायली सेनाले गत २४ घण्टामा १४२ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य २७८ जना घाइते भएका छन् । जारी इजरायल–हमास द्वन्द्वले अक्टोबर ७, २०२३ बाट हालसम्म ६२ हजार १०८ घाइते भएका छन् ।
वेस्ट बैङ्कमा, इजरायली सेनाले बिहीबार रातिदेखि हालसम्म आठ जनाको हत्या गरेको बताइएको छ । अक्टोबर ७, २०२३ देखि वेस्ट बैङ्कमा इजरायली आक्रमणबाट कम्तीमा ३६८ प्यालेस्टाइनीहरू मारिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५