च्यारिटी उद्देश्यसहित लण्डनमा ३ हजार माइल हिंड्न निस्किए सुजन कटुवाल
लन्डन । बेलायतका एकजना व्यवसायी तथा समाजसेवी सुजन कटुवालले च्यारिटी उद्देश्यसहित ३ हजार माइल पैदल यात्रा शुरु गरेका छन् ।
साउथ लन्डनस्थित पानस रेष्टुरेन्टका सञ्चालक कटुवालले आज १६ जनवरी मंगलबार लन्डनस्थित नेपाली दूतावासबाट आफ्नो पैदल यात्रा शुरु गरेका हुन् ।
बेलायतमा दर्ता भएको परोपकारी संस्था कम्ब्याट स्ट्रेसको सहयोगार्थ कटुवालले लन्डनका प्रत्येक ३२ बरोमा उक्त यात्रा गर्ने छन् । ‘कम्ब्याट स्ट्रेस’ ले ब्रिटिश सैनिक भेट्रानहरुलाई मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने गर्दछ ।
पैदल यात्रा शुरु गर्नु अघि कटुवाललाई राजदूत ज्ञानचन्द्र आचार्य र भूतपूर्व गोर्खाहरुलाई बेलायतको आवासीय अधिकार दिलाउन प्रमुख भूमिका निर्वाह गरेकी वरिष्ठ अभिनेत्री जोआना लुम्लीले शुभकामना दिएका थिए ।
‘म सुजन कटुवालको गौरवपूर्ण नेपाली पृष्ठभूमि र उनको अदम्य प्रतिवद्धताका कारण उनले तीन हजार माइल हिंड्ने लक्ष्य पुरा गर्नेछन् भन्ने विश्वास छ । उनलाई मेरो न्यानो शुभकामना छ’, जोआनाले भनिन् ।
पानस हेल्पिङ हेण्ड्स च्यारिटी समेत सञ्चालन गरिरहेका कटुवालले कोभिड लकडाउनका बेला एकलाख भन्दा बढी स्वास्थ्यकर्मी तथा घरबिहीन मानिसलाई निशुल्क खाना उपलब्ध गराएर सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्ड समेत पाएका थिए ।
कटुवालको समाजसेवाको उच्च प्रशंसा गर्दै त्यतिबेला बेलायती महारानी एलिजावेथ द्वितीयले एक पत्रसमेत पठाएकी थिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५