सोमबार, फागुन १२, २०८१
चीनमा उच्च गतिको रेलवे ४५ हजार किलोमिटरमा


रासस/सिन्ह्वा
जनवरी १०, २०२४

तस्बिर- सिन्ह्वा
बेइजिङ, पुस २४ गते- चीनमा सञ्चालित उच्च–गति रेलवेको सन् २०२३ को अन्त्यसम्ममा ४५ हजार किलो मिटर ट्रयाक सम्पन्न भएको राष्ट्रिय रेल अपरेटरले मङ्गलबार जनाएको छ ।
चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर रहेको छ । चीनको रेल क्षेत्रमा लगानी १०७.७ बिलियन अमेरिकी डलर पुगेको देखिन्छ । जुन अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशतले बढी हो ।
सन् २०२३ मा कुल ३ हजार ६३७ किलोमिटर नयाँ ट्र्याकहरू सञ्चालनमा आएका छन् । जसमा २ हजार ७७६ किलोमिटर उच्च–गति रेलवेहरू समावेश छन् ।
गत वर्ष चीनको रेल पूर्वाधार निर्माणमा ३४ वटा परियोजनाको निर्माण र सञ्चालन, १०२ वटा रेलवे स्टेसनमा सेवाको सुरुवात तथा निर्माणाधीन ११२ वटा परियोजनाको प्रगति समावेश रहेको कम्पनीले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५