शुक्रबार, चैत ७, २०८१
सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजना पुर्पक्षका लागि थुनामा


रासस
जनवरी ८, २०२४
काठमाडौँ, पुस २३ गते । जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश शङ्करबहादुर राईको इजलासले निजहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उक्त प्रकरणमा संलग्न रहेको भनिएका दुईजना अझै फरार छन् ।
दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि तस्करीबारे थप विवरण सार्वजनिक भएको थियो । विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गर्दा उक्त समूहले एक सय ३८ किलो सुन तस्करी गरेको उल्लेख गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ