सोमबार, पुष २२, २०८१
21:36 | ०३:२१

क्रिसमस तथा नयाँ वर्षको अवसरमा खाद्यान्न वितरण

नेपाली लिङ्क जनवरी ८, २०२४

लन्डन- क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर साउथ इष्ट लन्डनमा बसोबास गर्ने एकसय पचास परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालको संयोजकत्वमा १५० परिवारलाई करिब पाँच हजार ५ सय पाउण्ड  बराबरको निशुल्क खाद्यान्न वितरण गरिएको हो।

गत हप्ता साउथ इष्ट लन्डनमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिकलाई क्रिसमस तथा नयाँ वर्षको अवसरमा उपहार स्वरूप खाद्यान्न वितरण गरिएको अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष खकुरालले बताए ।

प्लमस्टिडको जिगेसा हलमा आयोजित उपहार वितरण कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो दिनमा ५० परिवार र दोस्रो दिन एक सयजनालाई ग्रीनवीचका उपमेयर जित रानाभाट, पास्टोर ईरेडेल ओयेडेले, जिगेसा महासचिव गाम गुरुङको उपस्थितिमा खाद्यान्न वितरण गरिएको थियो।

उक्त खाद्यान्न उपहारको लागि फन्ड द रीडेमेड क्रिस्टियन चर्च अफ गड मार्फत पास्टोर ईरेडेल ओयेडेलेको संयोजनमा प्रयोजन गरिएको थियो।  स्थानीय व्यवस्थापनमा ग्रीनवीच गोर्खा एक्स–सर्भिसमेन् एसोसिएसन (जिगेसा) का महासचिव गाम गुरुङले गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू