आइतबार, फागुन ११, २०८१
लन्डनवासी कलाकार सुरेशराजले ल्याए नयां म्यूजिक भिडियो


नेपाली लिङ्क
जनवरी ४, २०२४
लन्डन- नेपाल चलचित्र कलाकार संघ बेलायतका उपाध्यक्ष एवं गायक सुरेशराज पाठकको स्वर, कथा र निर्देशनमा नयां म्यूजिक भिडियो ‘आउंदैछु म’ सार्वजनिक भएको छ । पाठककै यूट्युबमार्फत हालै भिडियो सार्वजनिक भएको हो ।
दीपकराज पाठकले रचना गरेको गीत ‘आउंदैछु म’ मा संगीत एरेन्ज विपिन आचार्यको छ । लन्डन र बेलायतका विभिन्न ठाउंमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोमा प्रशान्त खड्का, करिष्मा ढकाल र रमिला न्यौपानेले अभिनय गरेका छन् । कलाकारत्रय यस क्षेत्रमा अनुभवी मानिन्छन् । म्यूजिक भिडियो सुमन श्रेष्ठले छायांकन गरेका हुन् ।
गायक सुरेशराज पाठकले दर्शक श्रोताले आफ्नो नयां म्यूजिक भिडियो रुचाइदिने विश्वास व्यक्त गरेका छन् ।
हेरौं म्यूजिक भिडियोः
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५