आइतबार, वैशाख ७, २०८२
इरानमा आतंकवादी विस्फोट, कम्तीमा ९५ मारिए


नेपाली लिङ्क
जनवरी ३, २०२४

तस्विर एएफपी
तेहरान, पुस १८ गते– हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुईवटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा ९५ जना मारिएको सरकारी मिडियाले जनाएको छ । बम विस्फोटमा अन्य दुई सय ११ जना घाइते भएको र ति मध्ये २७ जनाको अवस्था चिन्ताजनक रहेको बीबीसीले उल्लेख गरेको छ ।
यसअघि मारिनेको सङ्ख्या १०३ बताइएपनि इरानको स्वास्थ्य मन्त्रालयले केही मृतक संख्या दर्ताका क्रममा दोहोरिएको स्पष्ट पारेको छ ।
आधिकारिक आइआरएनए समाचार एजेन्सीले यसअघि ७३ जनाको मृत्यु भएको सूचना दिएको थियो ।
आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५