बेलायतको फार्नबरोमा माघे संक्रान्ति मनाउने तयारी


लन्डन। मगर संघ यूके युएचएसबी शाखाले विगत जस्तै यस वर्ष पनि विशेष कार्यक्रमसहित माघे संक्रान्ति मनाउने भएको छ। आगामी जनवरी १३ तारिख शनिबार फार्नबरो चसर रोडस्थित श्यामुएल कोडी स्पोर्टस् कलेजमा माघे संक्रान्ति मनाउन लागिएको हो ।
विगत वर्षहरु जस्तै यस वर्ष पनि विविध धार्मिक एवम् सांस्कृतिक कार्यक्रमहरुका साथ माघे संक्रान्ति मनाइने कार्यक्रम संयोजक एवम् शाखा उपाध्यक्ष वीर बलालले जानकारी दिए।
बलालका अनुसार बिहान साढे १० देखि साढे ११ बजेसम्म माघे संक्रान्ति विशेष पूजाआजाको कार्यक्रम रहनेछ भने मध्यान्ह १२ देखि राती १० बजेसम्म विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु गरिनेछ।
कार्यक्रममा प्रस्तुति दिन चर्चित लोकदोहोरी गायिका मुना थापामगरलाई ल्याउने तयारी छ । त्यस्तै, स्थानीय युवा समूह र नौमती बाजाको पनि विशेष प्रस्तुति रहनेछ।
कार्यक्रममा आकर्षक पुरस्कारसहितको ‘राफल ड्र’ पनि गराइंदैछ जसमा पहिलो पुरस्कार सुनको गहना छ भने दोस्रोदेखि पाचौं पुरस्कारमा नगदसहित अन्य आकर्षक उपहार दिइनेछ ।
कार्यक्रमको टिकट शुल्क २० पाउन्ड छ । बालबालिकालाई १५ पाउन्ड मात्र लाग्नेछ भने पूजाआजामा मात्रै सहभागी हुन कुनै शुल्क लाग्नेछैन ।
कार्यक्रममा १ सय पाउन्ड, ७५ पाउन्ड र ५० पाउन्ड स्पोन्सर गर्नेलाई क्रमश: तीन, दुई र एक वटा टिकट मिल्नेछ।
कार्यक्रममा सहभागी हुन आयोजक मगर संघ युएचएसबी शाखा अध्यक्ष ॠषिराम रानाले सबैलाई आव्हान गरेका छन्। कार्यक्रम र टिकटसन्बन्धि जानकारीका लागि कार्यक्रम संयोजक एवम् उपाध्यक्ष वीर बलाल, महासचिव गणेश बुढाथोकी र कोषाध्यक्ष गोप सिंजालीलाई सम्पर्क गर्न आग्रह गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५