शुक्रबार, चैत ७, २०८१
बलात्कार मुद्धामा सन्दीप लामिछाने दोषी ठहर


नेपाली लिङ्क
डिसेम्बर २९, २०२३
काठमाडौं। जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो । उनलाई सजायको आदेश दिंदै मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला भएको हो।
यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ। कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले पुष २५ मा सो सुनुवाई हुने भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ