मंगलबार, पुष २३, २०८१
11:59 | १७:४४

ल्होछारका लागि लन्डन आइपुगे खेन्पो तुलाचन

नेपाली लिङ्क डिसेम्बर २०, २०२३

लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको विशेष निमन्त्रणामा पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचन लण्डन आइपुगेका छन् ।

बीसीसी यूकेले आउँदो ३१ डिसेम्बर अर्थात् पौष १५ गते तमु (गुरुङ) हरुको महान पर्व मुप्री ल्हो (गरुड वर्ग) को अवसरमा गर्न लागेको धार्मिक पूजापाठका लागि धर्मगुरु मंगलबार लण्डन आइपुगेका हुन् ।

उनलाई बीसीसी यूकेका खेन्पो गुरु कर्म छुल्त्रिम, उपाध्यक्ष एवं तमु ल्होछार संयोजक क्याप्टेन देव घले, पूर्व संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, वर्तमान आमा सचिव शारदा गुरुङ, आमा सहसचिव पवित्र गुरुङ, सल्लाहकार कमल गुरुङ, सल्लाहकार पूर्ण गुरुङलगायत आफन्तजन, इष्टमित्र र शुभचिन्तकहरुले हिथ्रो एयरपोर्टमा खादा लगाई स्वागत गरेका थिए ।

खेन्पो तुलाचनले बीसीसी यूकेले आयोजना गर्न लागेको ल्होछारमा धार्मिक प्रवचन, दीप प्रज्ज्वलन, घ्यासी, आयू, छोग, घनचक्र पूजाका साथै आयूको अभिषेक प्रदान गर्ने कार्यक्रम रहेको संयोजक क्याप्टेन देव घलेले जानकारी गराएका छन् । साथै, ल्होछार कार्यक्रममा खेन्पो छेवाङ्ग, बीसीसी यूके खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घले, लामा प्रदीप, लामा पुरनलगायत धर्मगुरुहरुले पूजापाठ गर्ने भएका छन् ।

बीसीसी यूकेले उक्त कार्यक्रममा सहभागी हुन बेलायतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा अनुरोध गरेको छ ।

स्मरण रहोस् बीसीसी यूकेले प्रत्येक वर्ष तमु ल्होछारलाई विशेष महत्व दिई बृहत पूजा आयोजना गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू