नयाँ वर्षका दिन मिडल्यान्डमा प्रकाश सपूतको धमाका


लन्डन-आगामी अंग्रेजी नयाँ वर्षका दिन चर्चित गायक प्रकाश सपूतले बेलायतको मिडल्यान्डमा प्रस्तुति गर्ने भएका छन्।
जनवरी १ तारिख सोमबार सांझ बर्मिङहमको वेष्ट ब्रमिचस्थित ‘द कन्फरेन्स सुइट’ मा गायक सपूतका साथ ‘न्यू इयर धमाका’ हुने भएको हो।
सनराइज् इभेन्टसको आयोजनामा हुन लागेको कार्यक्रममा सपूतसंगै तेस्रो नेपाल आइडल विजेता गायिका सज्जा चौलागाईं र चर्चित संगीतकार वसन्त सापकोटाले प्रस्तुति गर्ने र लोकदोहोरी गायिका एवम् उद्घोषिका उमादेवी खनालले उद्घोषण गर्ने आयोजक सनराइज इभेन्टसका प्रकाश कंडेलले जानकारी दिए।
अपरान्ह ४ देखि बेलुकी ११ बजेसम्म सञ्चालन हुने कार्यक्रमको टिकट शुल्क अग्रिम लिंदा २० पाउन्ड र गेटमा २५ पाउन्ड लाग्नेछ भने भिआइपी टिकट शुल्क ५० पाउन्ड छ।
लोक संगीत क्षेत्रमा पछिल्लो समयका सर्वाधिक लोकप्रिय गायक हुन् सपूत। ‘बोल माया’, ‘गलवन्दी’, ‘पिर’, ‘कुरा बुझ्नुपर्छ’, ‘सकम्बरी’ सहितका थुप्रै बहुचर्चित गीतका स्रष्टा उनले नायकका रुपमा अभिनय गरेको चलचित्र ‘परदेशी-२’ पनि दर्शकले रुचाएका छन्।
सनराइज् इभेन्टसको ब्यानरमा नेपालका चर्चित कलाकारका साथ लन्डनमा थुप्रै कार्यक्रम गरिसकेका प्रकाश कंडेलले गायक सपूतलाई नयाँ वर्षका दिन मिडल्यान्डमा प्रस्तुत गर्न लागेका हुन्।
कार्यक्रमलाई आयो रेमिट, न्यू लक्ष्मी ज्वेलर्स र बेलुन नेपाललगायतले प्रायोजन गरेका छन् भने मिडिया पार्टनर नेपाली लिंक र लन्डननेपालन्यूज छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५