फोनिज यूकेको नेतृत्वमा सूर्यवंशी


लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके शाखाको अध्यक्षमा बम थापा (सूर्यवंशी) मगर निर्वाचित भएका छन् । शनिबार सम्पन्न चौथो अधिवेशनबाट उनको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।
कार्यसमितिमा उपाध्यक्ष लिलासेलिङ माबो, सचिव अमित थेवे, सहसचिव तेज माबो र कोषाध्यक्षमा डा. महा राई चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः रोमियन लिम्बु, ईश्वर चाम्लिङ, जेबी राई, विश्वजित थापा, पम्फा गुरुङ र रुद्र थापामगर चयन भए ।
पूर्वअध्यक्ष विश्वासदीप तिगेला निर्वाचन आयुक्त र पूर्वअध्यक्षद्वय किरण टि. लिम्बु सदस्य र प्रमिला लाबुङ सदस्य सचिव रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको थियो ।
अधिवेशनको पहिलो चरणमा संगठनको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ यूके अध्यक्ष कर्मा पहाडी शेर्पा, भक्त दुरा, किरात राई यायोक्खा यूके अध्यक्ष चन्द्र राई, नेपाल पत्रकार महासंघ यूके पूर्वअध्यक्ष नरेश खपाङ्गीमगर, नेपाल मगर संघ यूके उपाध्यक्ष रुद्र थापा लगायतले शुभकामना दिएका थिए ।
पत्रकार बिमला सेने र मिलन तमु सम्मानित
कार्यक्रममा पत्रकार बिमला सेने र मिलन तमु सम्मानित भएका छन् ।
बेलायतको नेपाली समाजमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै पत्रकार विमला सेनेलाई सम्मान गरिएको थियो भने गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुलाई पनि नगद पुरस्कार प्रदान गरियो ।
उक्त पुरस्कार रकम निवर्तमान अध्यक्ष गोमा रानाले उपलब्ध गराएकी थिइन् । उनीहरुलाई आदिवासी जनजाति महासंघ यूके अध्यक्ष कर्मा पहाडी शेर्पा र फोनिज यूकेकी तत्कालिन अध्यक्ष गोमा रानाले खादा तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५