एनआरएनएमा पत्रकार शर्मासहित २१ केन्द्रीय सदस्य मनोनित


लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को विभिन्न पदमा विधान अनुरुप मनोनयन गरिएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आइतबार भरर्चुअल माध्यममा भएको पदाधिकारी बैठकले संघको केन्द्रीय सदस्यहरु (आइसीसी), सल्लाहकारहरु, अनुशासन समिति, विधान समितिमा मनोनयन गरेको हो ।
संघका अध्यक्ष डा. बद्री केसी अनुसार संघको विधानको धारा २२ को दफा १४ को उपदफा १ बमोजिम २१ जनालाई संघको अन्तराष्ट्रिय परिषदको सदस्यहरु (केन्द्रीय सदस्य) मा मनोनयन गरिएको छ ।
मनोनयन हुनेहरुमा चिरन शर्मा (यूके), पूर्णनाथ घिमिरे (अष्ट्रेलिया), रामप्रसाद घिमिरे (अष्ट्रेलिया), बाबुराम भण्डारी (जापान), सरिता ढकाल (जापान), ज्योति शर्मा (इजराइल), डा सञ्जु पौडेल (कोरिया), विनेश तामाङ (कतार), तारानाथ बोहरा एमडी (युएई), अर्जुन गुरुङ (बेल्जियम), डा. मुकुन्द बाँस्तोला (यूके), सरस्वती केसी (यूके), शान्ति अर्याल अधिकारी (पोर्तुगल), सम्राट थापा (क्यानाडा), रविन बज्राचार्य (अमेरिका), मनिता ढुंगाना (अमेरिका), ईश्वरी भट्ट (अमेरिका), भुवन आचार्य (अमेरिका), विनोद भट्ट (अमेरिका), डा अन्जु खरेल (अमेरिका) र हेमन्त काफ्ले (अष्ट्रेलिया) छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५