बुधबार, पुष २४, २०८१
12:09 | १७:५४

बर्न्टओक नेपाली समाज यूकेमा नयाँ नेतृत्व, खमीरजंग बने अध्यक्ष

नेपाली लिङ्क डिसेम्बर १७, २०२३

लन्डन- बर्न्टओक नेपाली समाज यूकेको साधारण सभाले खमीरजंग गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।

स्थानीय टेरिटरियल आर्मीको सभाकक्षमा शनिबार बसेको साधारण सभाले आगामी तीन वर्षको लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। 

नयाँ कार्यसमितिमा मुरारी थापा तथा श्रीमती मन्जु गुरुङ उपाध्यक्ष, महासचिवमा श्रीमती हेलिशा गुरुङ, सचिव प्रेम कंडेल, कोषाध्यक्ष महेन्द्र गुरूङ, सह-कोषाध्यक्ष थोकराज गुरूङ, सांस्कृतिक सचिव उमेश खड़का, खेलकुद् सचिव दल बहादुर गुरूङ, मिडिया संयोजक भगीरथ योगी तथा ज्येस्ठ नागरिक संयोजकमा शेर बहादुर आले चयन भएका छन्।  

त्यस्तै आमा समूहको कार्यसमितिमा अध्यक्ष श्रीमती मन्जु  गुरूङ, उपाध्यक्ष श्रीमती कमला गुरूङ, सचिव श्रीमती सपना खनिया, कोषाध्यक्ष श्रीमती पार्वती गुरुङ र सह-कोषाध्यक्ष श्रीमती दुर्गा गुरुङ छन् ।

निर्वाचन समितिका अध्यक्ष (प्रमुख आयुक्त) रमेश गुरूङले नव निर्वाचित कार्यसमितिको नाम घोषणा गरेका थिए । निर्वाचन समितिका सदस्यहरुमा सुरेश गौतम, टेकमान गुरुङ, मोहन गुरुङ तथा श्रीमती दुर्गा गुरुङ थिए।

नव निर्वाचित अध्यक्ष खमिरजंग गुरुङले आफ्नो कार्यकालमा युवाहरुलाई प्रोत्साहित गर्दै नेपाली संस्कृतिको संवर्द्धन गर्न काम गर्ने बताए। मर्दापर्दा समाजले आफ्ना सदस्यहरुलाई सहयोग गर्ने गरेको बताउंदै उनले नेपालमा आपदविपद पर्दा पनि समाजले सहयोग गर्दै आएको स्मरण गरे। 

नयाँ कार्यसमितिलाई बधाई दिंदै समाजका पूर्व अध्यक्ष तथा बार्नेट काउन्सिलका पूर्व उपमेयर लक्ष्य गुरुङले लन्डन बरो अफ बार्नेट बेलायतमा सबैभन्दा धेरै जातजाति बसोबास गर्ने काउन्सिल भएको बताए।

“यहाँ १९० वटा विभिन्न भाषा बोलिन्छ र जनसंख्याको हिसाबले बार्नेट लन्डनको सबभन्दा ठुलो काउन्सिल पनि हो । सन् २०१९ देखि २०२१ मा यस काउन्सिलको उपमेयरको रुपमा विभिन्न कार्यक्रमहरुमा उपस्थित हुँदै गर्दा सबै समुदायले बेलायतमा आफ्नो पहिचान स्थापित गर्न धेरै मेहनत गरेको थाहा पाएँ । हामी पनि हाम्रो पहिचान बलियो बनाउन सबै एकजुट भएर लाग्नु पर्छ र हाम्रो सन्ततिहरुलाई हाम्रो कार्यक्रमहरुमा सहभागी बनाएर उनीहरुलाई जिम्मेवारी दिनुपर्छ,” उनले भने ।


समाजका अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा बसेको पहिलो सत्रमा महासचिव, कोषाध्यक्ष तथा आमा समूहको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। महासचिव दिलमाया गुरुङले सभा संचालन गरेकी थिइन्।

निवर्तमान कार्यसमितिका अध्यक्ष विष्णु गुरूङले आफु नेतृत्वको कार्यसमिति लगायत समाजलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू