बेलायत आइपुगे रवि लामिछाने, हिथ्रोमा स्वागत गर्नेको भीड


लन्डन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चार दिने भ्रमणका लागि बेलायत आइपुगेका छन्।
आइतबार बिहान लन्डन हिथ्रो विमानस्थल उत्रिएका उनलाई स्वागत गर्न दर्जनौंको संख्यामा शुभचिन्तकहरु भेला भएका थिए।
रास्वपा ‘प्रवास नेपाली सम्पर्क विभाग यूके’ का सभापति पवन शर्मा, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछानेलगायतले लामिछानेलाई बेलायतमा स्वागत गरे।
उनको स्वागतको लागि प्रवास सम्पर्क विभागका महामन्त्री राजु कंडेल, प्रवक्ता विष्णु चालिसेसहित कमिटीका सदस्यहरुका साथै नारायण फुंयाल, कमल गुरुङ, भोजराज कंडेल, पार्वती गुरुङ, माया गुरुङसहित समुदायका कयौं अभियन्ता पनि हिथ्रो पुगेका थिए।
रास्वपा ‘प्रवास नेपाली सम्पर्क विभाग यूके’ को निमन्त्रणामा लामिछाने बेलायत आएका हुन्। उनका साथमा पत्नी निकिता पौडेल र स्वकीय सचिव एवम् पार्टी केन्द्रीय सदस्य दीपक बोहोरा पनि आएका छन्।
यही डिसेम्बर १४ मा नेपाल फर्किनुअघि लामिछानेले यहाँस्थित नेपाली समुदायासँग अन्तरक्रियाका साथै बेलायती राजनीतिज्ञहरुसँग भेट्ने कार्यक्रम छ।
आइतबार स्वीन्डन, सोमबार बर्मिङहम, मंगलबार बिहान प्लमस्टिड र बेलुका अल्डरसट अन्तरक्रिया राखिएको छ। बुधबार बेलायती संसद भवनमा राजनीतिक भेटघाट तय गरिएको छ भने विहीबार स्वदेश फर्किने कार्यक्रम छ।
तस्विर- शिव भण्डारी
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५