पाचौं अन्तराष्ट्रिय मर्यादित महिनावारी उत्सव देशभर मनाइयो
काठमाडौँ । पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस भव्य कार्यक्रम गरि आज काठमाडौं लगायत देशका विभिन्न स्थानमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी सञ्जाल, मर्यादित महिनावारी अभियान नेपाल र प्लान इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम गरि मर्यादित महिनावारी उत्सव मनाइएको हो । पाचौं अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको नारा ‘यौन हिंसा र बालबिबाह अन्तका लागि मर्यादित महिनावारी’ थियो।
मर्यादित महिनावारी अभियानकी संस्थापक तथा अभियन्ता डा. राधा पौडेलले रंगीचंगी बेलुनलाई महिनावारी स्वतन्त्रताको प्रतिक स्वरुप आकाशमा उडाएर सुरु भएको अन्तर्राष्ट्रिय उत्सवमा विभिन्न कार्यक्रम भएका थिए ।
उक्त कार्यक्रममा समीक्षा दाहालले महिनावारीको अवस्था र मर्यादित कसरी बनाउने भन्ने विषयमा कविता वाचन गरेकी थिइन् । सो अवसरमा नेपालका अभियन्ता मात्रै नभएर विश्वका विभिन्न देशका मर्यादित महिनावारी अभियन्ताले भर्चुअल छलफलमा समेत भाग लिएका थिए ।
किशोरावस्थाका बालिका, अपाङ्गता भएका महिला, लैँगिक अल्पसंख्यक समूहका युवा तथा सञ्चार क्षेत्रका युवाबीचमा मर्यादित महिनावारीको वर्तमान अभ्यास र नीतिगत सुधारका विषयमा पनि छलफल भएको आयोजक तथा मर्यादित महिनावारी अभियन्ता समीर परियारले जानकारी दिए ।
त्यसैगरी सो अवसरमा बेलायत, अमेरिका, घाना, श्रीलंका, फिलिपिन्स लगायत देशबाट भर्चुअल माध्यमबाट मर्यादित महिनावारीको अन्तराष्ट्रिय अभ्यास र सुधार गर्नुपर्ने पक्षहरुको विषयमा समेत छलफल भएका थियो ।
कार्यक्रममा मानव अधिकार आयोग सदस्य लिली थापाले मर्यादित महिनावारी मानव अधिकारको समेत विषय भएकाले सबैले यो विषयमा आवाज उठाउनुपर्ने बताइन् । उनले राज्यले समेत नीतिगत व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताएकी थिइन् ।
त्यसैगरि, सो अवसरमा मर्यादित महिनावारी अभियन्ता राधा पौडेलले मूल वक्ताको रुपमा बोल्दै सर्वपक्षीय चासो हुनुपर्ने मर्यादित महिनावारीका विषयमा राज्यका कुनै पनि तहबाट नीतिगत रुपमा पहल नभएको बताएकी थिइन् । यस विषयमा सबै पक्ष मौन भएको व्यक्तिको सृष्टिकर्ता महिनावारी रगतको शुद्धता विषयमा चर्चा हुनुपर्ने उनले बताइन् ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य विद्याकुमारी सिन्हा, सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्याल, प्लान इन्टरनेशनलका कन्ट्री डाइरेक्टर राम किसन लगायतले बोलेका थिए ।
सोही समारोहमा मर्यादित महिनावारीका विभिन्न फरक फरक विषयमा देशभरका पत्रकारहरुले लेखेका समाचारको संकलन पुस्तक सृष्टिको रगतको गाथा र मर्यादित महिनावारी तालिम हाते पुस्तिकाको समेत विमोचन गरिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५