मंगलबार, फागुन १३, २०८१
राष्ट्रसंघ महासचिवद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह


सिन्ह्वा/न्यूज एजेन्सी नेपाल
डिसेम्बर ७, २०२३
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्ति रोक्नको लागि कार्य गर्न आग्रह गरेका छन् । गुटेर्रेसले सुरक्षा परिषद्का अध्यक्षलाई कारबाहीको माग गर्न पत्र लेखेका हुन् ।
२०१७ मा संयुक्त राष्ट्रसंघ महासचिव बनेदेखि पहिलो पटक संयुक्त राष्ट्र बडापत्रको धारा ९९ लाई देखाउँदै उनले सो पत्र लेखेका हुन् । धारा ९९ मा भनिएको छ, ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्नसक्ने कुनैपनि कुरा स्वीकार्य हुँदैन ।’
प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसंघ एजेन्सीका कम्तीमा १३० कामदारहरू अक्टोबर ७ देखि मारिएको गुटेरेसले बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५