निकेशको इन्टरनेशनल अवार्ड विनिङ मूभी ‘अ सोल्जर’ अब युट्यूबमा


लन्डन । आफ्नो प्रत्यक्ष युद्ध भोगाइ समेटेर ब्रिटिश गोर्खा सैनिक निकेश लिम्बुले निर्देशन गरेको पहिलो सर्ट मूभी ‘अ सोल्जर’ अब युट्यूबमा हेर्न सकिने भएको छ ।
सत्य घट्नामा आधारित १० मिनेट ३० सेकेन्ड लामो ‘अ सोल्जर’ गत ११ नोभेम्बरमा पूर्खा दिवस अर्थात पप्पी डेका दिन युट्यूबमा सार्वजनिक गरिएको हो ।
‘मैले कमर्सियल भन्दापनि यो धेरै दर्शकसम्म पुगोस् भनेर युट्यूबमा राखेको हुं’, निकेशले भने, ‘गोर्खा सैनिक र तिनका परिवारमा समर्पित मूभी भएको हुँदा सबै दर्शकलाई फिल्म हेरेर प्रतिक्रिया दिनुहुन मेरो आग्रह छ ।’
ब्रिटिश आर्मीमा २४ वर्ष काम गरेपछि गोर्खा लिम्बुले आफ्नो युद्ध अनुभूतिलाई ‘अ सोल्जर’ मा उतारेका छन् । लन्डन फिल्म एकेडेमीबाट फिल्म मेकिङको सर्टिफिकेट लिएपछि निकेशले आफ्नो युद्धको भोगाइ समेटेर पहिलो सर्ट मुभी निर्देशन गरेका थिए ‘अ सोल्जर ।’ यसमा लेखन/निर्देशन निकेशकै छ भने निर्माता ज्ञानेन्द्र राउत हुन् ।
‘अ सोल्जर’ ले कयौं अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अवार्ड समेत जितेको छ । पाइनउड स्टुडियोज लन्डनमा भएको ‘लिफ्ट अफ ग्लोबल नेटवर्क सेसन २०२३’ मा फाइनलिष्टमा पुगेको उक्त मूभी सोही महोत्सवमा अडियन्स च्वाइस अवार्ड पाउन सफल भएको थियो ।
त्यसैगरि, उक्त फिल्म फ्रान्समा आयोजित ‘ब्रिज अफ पिस इन्टरनेशनल फिल्म फेस्टिभल २०२३’ मा पनि फाइनलिष्टमा परेको थियो । उक्त महोत्सवमा अ सोल्जरले अडियन्स च्वाइस अवार्ड पायो ।
अमेरिकाको लस एन्जलसमा भएको ‘एसियन फिडब्याक फिल्म फेस्टिभल २०२३’ मा अफिसियल सेलेक्सनमा पर्न सफल भएको थियो ‘अ सोल्जर ।’ यस अलवा उक्त फिल्म बेलायतमा भएको मिल्टन केन्स इन्टरनेशनल फिल्म फेस्टिबल २०२३ मा विजेता बन्यो ।
त्यसैगरि, न्यूयोर्क अमेरिकामा आयोजित इजिप्सियन अमेरिकन फिल्म फेस्टिबल २०२३ पनि जित्न सफल भएको थियो ।
इस्टोनियामा आयोजित ‘एन्टी वार इन्टरनेशनल फिल्म फेस्टिबल २०२३’ मा अफिसियल सेलेक्सनमा परेको थियो ।

निर्देशक निकेश लिम्बु
बेलायतमा बसोवास गर्ने निकेश यसअघि हंसिया, रातोघर जस्ता फिल्ममा सह–निर्माता बनिसकेका छन् भने राष्ट्रिय अवार्ड पाउन सफल चर्चित फिल्म ‘ब्लाइन्ड रक्स’ को निर्माण तथा परिकल्पना उनैले गरेका थिए । उनको निर्माणमा बनेको अर्को फिचर फिल्म ‘ह्दय भरी’ प्रदर्शनको तयारीमा छ ।
गत वर्ष सेनाको जागिरबाट अवकास लिएका निकेश अहिले बेलायतको रोयल एयरफोर्समा मिडिया विभागमा छन् जहां नेपाली अहिलेसम्म कार्यरत छैन् ।
निकेशको यस्तो छ सर्ट फिल्मः
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५