बेलायतमा नेपाल आइडल विजेता सज्जा र पवन गिरीको लाइभ शो हुँदै


लन्डन- नेपालको चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’ मा उदाएका दुई लोकप्रिय प्रतिभाले बेलायतमा प्रस्तुति गर्ने भएका छन्।
नेपाल आइडल सिजन ३ विजेता सज्जा चौलागाईं र सिजन दुईमा सबैको मन जितेका शीर्ष ६ प्रतियोगी पवन गिरीको प्रस्तुतिमा एक लाइभ शो तयारी हुँदैछ।
आगामी डिसेम्बर ९ तारिख शनिबार साँझ एम्पायर ब्यान्केटिङ अल्डरसटमा ‘डिसेम्बर धमाका’ हुनेछ ।
उक्त अवसरमा लोकोदोहोरी गायक आरसी पौडेलले पनि प्रस्तुति गर्नेछन्। साथमा प्राज्ना ब्यान्डको समेत लाइभ प्रस्तुति हुनेछ ।
आयोजकका अनुसार साँझ ६ बजेदेखि राती अबेरसम्म सञ्चालन हुने शोको टिकट शुल्क २५ पाउन्ड राखिएको छ । सीट सिमित रहेकाले अग्रीम टिकट बुक गर्न आयोजकले आग्रह गरेका छन्।
कार्यक्रममा प्रस्तुति दिने गायिका सज्जा चौलागाईं नेपाल आइडल सिजन ३ की विजेता हुन्।
त्यस्तै, नेपाल आइडल सिजन २ को शीर्ष ६ स्थानमा पुग्न सफल गायक पवन गिरी रक शैलीको गायनबाट सबैको मन जित्न सफल थिए।
नेपाल आइडलबाट उदाएका यी दुवै गायन प्रतिभाले पछि थुप्रै गीतहरुमा आफ्नो आवाज दिइसकेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५