बीसीसी यूकेको च्यारिटी डिनर २५ नोभेम्बरमा
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको च्यारिटी डिनर नाइटको तयारी पूरा भएको छ ।
आउँदो २५ नोभेम्बर शनिबार अल्डरसटस्थित एम्पायर हलमा गर्न लागिएको उक्त कार्यक्रमको आवश्यक तयारी पूरा भएको बीसीसी यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोविन गुरुङले जानकारी दिए ।
उनका अनुसार, प्रमुख अतिथिको रुपमा स्थानीय काउन्सिलर मेयर क्लीभ गटनलाई आमान्त्रण गरिएको छ । त्यस्तै, नेपाली दूतावास लण्डन, विभिन्न संघसंस्था, उद्यमी, व्यापारी, शुभचिन्तकलगायत भक्तजनहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।
बीसीसी यूकेका धर्म गुरु खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घलेलगायत लामा गुरुहरुको समेत विशेष उपस्थिति रहनेछ ।
हालसम्म तमुधिं यूके, मगर एशोसिएसन यूके, शेर्पा एशोसिएसन यूके, रेडिङ बुद्धिष्ट गुम्बा, चार भन्ज्याङ तमू समाज, बीसीसी यूके लण्डन शाखा, सहारा यूके, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), तामाङ सोसाटी यूके, घम्पुस झर्गे खलक, नेपाली भिलेज, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, गिल्फोर्ड नेप्लिज कम्युनिटी, बुद्धिष्ट कम्युनिटी स्वीन्डन, एनडोभर नेपाली कम्युनिटी, धम्पुस पोखरी चेलीबेटी, एनआरएनए यूके, मर्दिखोला समाज यूके, थाउजेन्ट बुद्ध रेडिङ, जीआरएनसी यूके, केजीथ्री, टीएनपीपी यूके, थ्रि सिस्टर्स, क्याम्बर्ली नेपाली समाज यूकेलगायत संघसंस्थाहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको संयोजक गुरुङले जानकारी दिए ।
त्यस्तै, व्यक्तिगत रुपमा बीसीसी यूकेका पदाधिकारी, आमाहरु, भक्तजन तथा शुभचिन्तकहरुमार्फत समेत विभिन्न व्यक्ति, संघसंस्था, उद्यमी तथा व्यापारीहरुलाई उपस्थितिका लागि अनुरोध गरिरहेको बीसीसी यूकेले जनाएको छ ।
बीसीसी यूकेको विभिन्न परियोजनाहरुको सहयोगार्थ आयोजना गर्न लागिएको उक्त च्यारिटीमा राफल चिठ्ठा खेलाइने छ भने विभिन्न महत्वपूर्ण सामाग्रीको लिलाम बढाबढ तथा विक्री समेत गराइने भएको छ । सो राफल चिठ्ठाको पुरस्कार र लिलाममा राखिने विभिन्न सामान दाताहरुले स्पोन्सर गरेका छन् ।
बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष रोविन गुरुङको संयोजकत्वमा हुन लागेको उक्त च्यारिटीमा सहभागी भई पून्य कमाउन बीसीसी यूकेले सबैमा अनुरोध गरेको छ ।
बीसीसी यूकेले प्रत्येक वर्ष च्यारिटी डिनर नाइट गर्दै आएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५