तमु समाज यूकेले लन्डनमा खेल्यो देउसी भैलो


लन्डन । तमु समाज यूकेले लन्डनमा देउसी भैलो कार्यक्रम गरेको छ । समाजले तिहारको अवसर पारेर गत ११ र १२ नोभेम्बर २०२३ का दिन देउसी भैलो खेलिएको हो ।
कार्यक्रम अत्यन्तै सौहार्द र पारिवारिक वातावरणमा भएको समाजले जनाएको छ । बरहाम पार्कस्थित आफ्नै समाज घरमा र समाजका वरिष्ठ उपाध्यक्ष हर्क बहादुर गुरुङको घरमा नेपालकै शैलीमा कार्यक्रम भएको थियो ।
तमु समाज यूके अध्यक्ष शिवकुमार गुरुङले आफ्नो कार्य ब्यस्तता बाबजुद पनि समय मिलाई देउसी भैलो कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन् ।
सामूहिक देउसी भैलो कार्यक्रममा समाजका लागि आफैं सहभागी भइ दान दिने र उपस्थित हुन नसक्नेले अनलाइनमार्फत दान प्रदान गरेकामा पनि उनले आभार व्यक्त गरेका छन् ।
यस कार्यक्रमले हाम्रो संस्कृति र परम्परा अनन्तकालसम्म जोगाई राख्न पनि मद्दत गर्छ भन्ने मेरो विश्वास छ, उनले भने ।
देउसी भैलोमा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङसहित आमा समूहका वर्तमान तथा निवर्तमान अध्यक्षहरु, युवा समूहका अध्यक्ष, आमा, दिदीबहिनीहरु र युवाहरु सक्रिय रुपमा सहभागी भएका थिए ।
उक्त देउसी भैलो कार्यक्रममा आमा समूहकी अध्यक्ष उमा देवी गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष तथा तमु समाज यूके वर्तमान उपाध्यक्ष श्रीमती बिन्दु घले एवं सचिव मिरा गुरुङको आगुवाइमा विभिन्न स्वादिष्ट भोजन तथा पेयपदार्थ व्यवस्था गरिएको थियो ।
उक्त देउसी भैलो कार्यक्रमका दिन आमा समूहकी अध्यक्ष उमा देवी गुरूङ, तमु समाज यूके उपाध्यक्ष बिन्दु घले, आमा समूहकी पूर्व अध्यक्ष तथा सल्लाहकार माया गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाहकार सुश्री बिजु गुरुङ, आमा समूहकी सचिव मिरा गुरुङ, आजीवन सदस्यहरु मनकुमारी गुरुङ, इच्छा कुमारी गुरुङ र चन्द्र कुमारी गुरुङ, आमा समूहकी पूर्व उपाध्यक्ष पुष्पा गुरुङ, कार्यसमिति सदस्य सुर्य कुमारी गुरुङ, आजीवन सदस्यहरु विमला गुरुङ र पदमकुमारी गुरुङ, लक्ष्मी गुरुङ, मैत गुरुङ, गोमा देवी, लिलकुमारी गुरुङ, प्रथम महिला मिना गुरुङ बिना गुरुङ, जयन्ती देवी गुरुङ, विजयता गुरुङ आदिले खाद्यान्न तथा पेय पदार्थ प्रायोजन गरेका थिए ।
देउसी भैलो कार्यक्रम संयोजन उपाध्यक्ष भिम बहादुर गुरुङ र सञ्चालन महासचिव धरम बल गुरुङले गरेका थिए ।
आर्थिक तथा दान संकलनकर्तामा आमा समूहकी सचिव श्रीमती मिरा गुरुङ, पिए सिस्टम सञ्चालन युवा सदस्य प्रज्जवल गुरुङ, देउसी भैलो कार्यक्रमका लागि लक्ष्मी पूजा स्थान सजावटमा उमा देवी गुरुङ, विमला गुरुङ, मिरा गुरुङ, पृतम कुमारी गुरुङ र उमर गुरुङले सहयोग गरेका थिए ।
त्यसैगरि देउसी भैलो भट्टयाउन मूख्य भूमिका निभाउनेमा सल्लाहकार केदारबहादुर गुरुङ, आजीवन सदस्य काजीमान गुरुङ, आमा समूहकी पूर्व अध्यक्ष तथा सल्लाहकार माया गुरुङ र सल्लाहकार सुश्री बिजु गुरुङ संलग्न थिए ।
सल्लाहकार माया गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ लगायतले पनि कार्यक्रम सफल बनाउन उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।
देउसी भैलोको दोस्रो दिनको कार्यक्रम वरिष्ठ उपाध्यक्ष हर्कबहादुर गुरुङको घरमा भएको थियो भने हन्स्लो र फेल्थाम क्षेत्रका आजीवन सदस्यहरु पनि त्यहीं उपस्थित भएका थिए ।
उक्त दिन देउसी भैलो कार्यक्रम मात्र नरहेर वरिष्ठ उपाध्यक्ष गुरुङको परिवारले नयां घर खरिद गरि घरमा प्रवेश गरेको उपलक्ष्यमा, छोराको विवाह यसैवर्ष सम्पन्न भएको, छोरीले गत वर्ष एमबीबीएस उत्तिर्ण गरि यूकेको रजिस्टर्ड डाक्टर हुन सफल भएकामा छोरी सुमी गुरुङ, छोरा सुमन गुरुङ, बुहारी अस्मिता गुरुङ र सम्पूर्ण परिवारलाई बधाई तथा शुभकामना दिने कार्यक्रम पनि भएको थियो । उक्त दिन उनको घर परिवारले ५६० पाउण्ड दान प्रदान गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५