राष्ट्रिय कलाकारका प्रस्तुतिका साथ श्रृजनशील लेष्टरले मनायो दशैंतिहार
लन्डन- श्रृजनशील लेष्टर नेपाल यूकेले एक विशेष सांस्कृतिक कार्यक्रमसहित दशैंतिहार मनाएको छ।
समाजका अध्यक्ष पुण्डरी अर्यालको अध्यक्षतामा सोमबार सम्पन्न कार्यक्रममा नेपालबाट आएका चर्चित संगीतकार वसन्त सापकोटा, गायिका कला लम्साल र गायक सन्तु थापाले प्रस्तुति दिए ।
कलाकारहरूको धमाकेदार प्रस्तुतिमा दशैंतिहारको खुशीयाली मनाउन स्थानीय लेस्टरवासी नेपालीको साथमा नटिङहम, पिटरबरो, बर्मिंघम, डर्बी, ग्रान्थम, कोलभीलसहित मिडल्यान्डका सबै क्षेत्रबाट ठूलो संख्यामा उपस्थिति थियो।
अध्यक्ष तथा विशिष्ट अतिथिहरुले संयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा भर्खरै नेपालमा भुकम्पमा देहावसान हुने मृतकहरुको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो।
सो अवसरमा नटिङहम नेपाली समाजका अध्यक्ष रविन्द्र शर्मा, एनआरएनए आइसीसी सदस्य विष्णु चालिसे, एनआरएनए इंग्ल्यान्ड राज्य समिति अध्यक्ष शम्भु अर्याल, शान्ति नेपाली समाजका अध्यक्ष प्रविण खराल, सेफ एसोसिएसन यूके अध्यक्ष कोशलेश्वर ढकाल, साझा नेपाली समाजका निवर्तमान अध्यक्ष कृष्णप्रसाद शर्मा, श्रृजनशील लेष्टर नेपाल यूकेका पूर्व अध्यक्ष एवं संरक्षक दयानिधि सापकोटा, पूर्व अध्यक्ष बलराम चापागाई, निवर्तमान अध्यक्ष नारायण फुयाल लगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रममा नटिङहम नेपाली समाजका उपाध्यक्ष मुकुन्द खराल, महासचिव लोकनाथ अधिकारी र पूर्व अध्यक्ष प्रविन पाण्डे, साझा नेपाली समाजका उपाध्यक्ष कृष्ण खराल, कोभेन्ट्रीका सामाजिक अभियन्ता गोविन्द सापकोटा, शृजनशील लेस्टर नेपालका पूर्व अध्यक्षहरु पशुपति पोखरेल र प्रेम आले मगर, पूर्व महासचिव वरुण भण्डारी, सल्लाहकार सुरेश केसी, नटिङहम रविनवुड हाफ म्याराथनका सिल्भर मेडल विजेता धावक लाल थापा लगायतका अतिथिहरुको उपस्थिति थियो।
संस्थाका महासचिव शिव पराजुलीले सञ्चालन गरेको कार्यक्रममा सचिव दशरथ खरेलले स्वागत मन्तव्य दिएका थिए। समाजकी सचिव माया प्रधानले सम्पूर्ण अतिथिहरुलाई ब्याज लगाएर स्वागत गरेकी थिइन्।
कार्यक्रममा सांस्कृतिक विभागको संयोजन संस्थाका कोषाध्यक्ष मधुसुदन पौडेल र सदस्य प्रकाश कंडेलले गरेका थिए। त्यस अवसरमा नेपाली मौलिकता झल्किने गरि देउसीभैलो कार्यक्रम पनि गरिएको थियो। गोविन्द सापकोटा र अनिशा गौतमले देउसीभैलो भट्याएर माहोल अझै तताएका थिए।
स्थानीय कलाकारहरु रुपल डोटेल, शिजल घिमिरे, प्रिया खरेल, पुजा भण्डारी, प्रिया भण्डारी, दिया गैरे, आइशा कंडेल, माया खरेल, लक्ष्मी घिमिरे, रुपा खरेल, गीता खरेल, सन्ध्या सापकोटा र दिपा खरेल लगायतले नृत्य प्रस्तुत गरेका थिए। सबै कलाकारलाई संस्थाले धन्यवादसहित प्रमाणपत्र वितरण गरेको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५