बिहीबार, चैत ६, २०८१
जाजरकोट भूकम्पले ९१० घर पूर्ण क्षति, १५७ जनाको शव परिवारलाई


रासस
नोभेम्बर ५, २०२३

जाजरकोटमा रामीडाँडा केन्द्र विन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले जाजरकोटको नलगाड नगरपालिका-१ चिउरीको चोचेटोलमा भत्किएका घरहरु। तस्बिर- सुरेश आचार्य/रासस
काठमाडौँ, १९ कात्तिक– गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाएको छ ।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेका बताए ।
प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना छन् । भैँचालोमा घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन् भने एक सय १० जना उपचाररत छन् ।
नौ सय १० घर पूर्ण क्षति
यसैबीच, प्रहरी प्रधानकार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छ भने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५