बुधबार, पुष २४, २०८१
22:25
|
०४:१०
भूकम्पमा ठूलो धनजनको क्षति, मृतक संख्या बढ्दै
नेपाली लिङ्क
नोभेम्बर ४, २०२३
काठमाडौँ । गएराती जाजरकोट केन्द्र गरी गएको भूकम्पमा परी शनिबार बिहान १० बजेसम्म १३२ जनाको मृत्यु र १४० जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।
शुक्रवार मध्यराति ११:४७ बजे गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
भूकम्पमा परी जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।
घाइतेहरूमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको छ भने २२ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।
त्यस्तै रुकुम पश्चिममा ४० जना उपचार गराइरहेका छन् भने १५ जनाको थप उपचारको लागि सुर्खेत रिफर गरिएको छ ।
भूकम्पपछि सरकारले गएरातिदेखि नै उद्धार थालेको छ । घाइतेको उपचारका लागि सबै संयन्त्र परिचालन गरेको सरकारले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ