बङ्गलादेशमा सुरक्षा व्यवस्था मजबुत बनाउन अर्धसैनिक सुरक्षा बल तैनाथ



बंगलादेशको सत्तारुढ अवामी लिग पार्टीका समर्थक र यसका तेह्र सहयोगी दलले प्रतिपक्षीको हिंसाप्रति विरोध गर्दै ढाकामा निकालेको रयाली । तस्विर एपी
ढाका, १६ कात्तिक–बङ्गलादेशमा जारी श्रमिक आन्दोलन कारण राजधानी ढाका र आसपासका प्रमुख औद्योगिक क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिन अर्धसैनिक बल बोर्डर गार्ड बंगलादेश (बीजीबी) का सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बीजीबी मुख्यालयका जनसम्पर्क अधिकृत सरिफुल इस्लामले बिहीबार पत्रकारहरूलाई बताएअनुसार आशुलिया, सावर, मीरपुर, रामपुरा, अब्दुल्लाहपुर, तोंगी, गाजीपुर, कोनाबारीलगायत विभिन्न औद्योगिक क्षेत्रमा सेना तैनाथ गरिएको छ ।
ढाका र अन्य स्थानमा मासिक २३ हजार टाका (करिब २०० अमेरिकी डलर) न्यूनतम आधारभूत तलबको माग गर्दै दशौँ हजार श्रमिकले विगत केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।
यसैबीच, ढाकाका तयारी पोशाक (रेडिमेड गार्मेन्ट्स) उत्पादकहरूले बिहीबार उच्च तलब संरचनासहितको नयाँ ज्याला प्रस्तावलाई अर्को हप्ता न्यूनतम ज्याला बोर्डमा पठाउनेबारे विचार गरिरहेको बताएका छन् ।
उच्च ज्यालाको माग गर्दै जारी मजदुर आन्दोलनका कारण ढाका र आसपासका क्षेत्रमा कम्तीमा ३०० गार्मेन्ट कारखानाहरू बन्द भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५