अल्ट्रा धाविका मीरा राईलाई लन्डनमा स्वागत


लन्डन । नेपाल रन यूके टिमले नेपाली अल्ट्रा धाविका मीरा राईलाई लन्डनमा स्वागत गरेको छ । लन्डनस्थित नर्थला फिल्ड पार्क रनमा आयोजित एक कार्यक्रममा राईलाई सम्मानसहित स्वागत गरिएको हो ।
‘रिमेम्बरेन्स डे’ को अवसर पारेर यही नोभेम्बर ५ तारिख नेपाल रन यूकेको आयोजनामा हुन गइरहेको ‘नर्थहल्ट १० के’ इभेन्टमा विशेष अतिथिको रुपमा सहभागी हुन मीरा बेलायत आएकी हुन् ।
ए स्टार फाइनान्सियल सोलुसन यूकेको प्रमुख प्रायोजनमा नर्थला फिल्ड पार्क, नर्थल्टमा हुन लागेको उक्त इभेन्टमार्फत मीरा राई इनिसिएटीभको सहयोगार्थ च्यारिटी फन्ड रेज पनि गर्ने जनाइएको छ ।
नेपाल रनको आइतबारको नियमित अपडेटमा ‘नर्थल्ट १० के’ को फिनिसर टिसर्ट र मेडलका प्रमुख प्रायोजक ए स्टार फाइनान्सियल सोलुसन्स यूके निर्देशक मीन दर्लामीले पहिलोपटक सार्वजनिक गर्दै संस्थाका संयोजक पाण्डव महतोलाई हस्तान्तरण गरे ।
‘नर्थहल्ट १० के’ मा सहभागी हुन ३०० जनाले आफ्नो नाम दर्ता गरिसकेको र आउँदो बिहीबारबाट दर्ता प्रक्रिया बन्द गरिने निर्देशक सन्तोष राईले बताए ।
समुदायमा स्वास्थ्य तन्दुरुस्ती चेतना साथै सामाजिक कामको सहयोगार्थ आयोजित कार्यक्रममा ३५० बढी नेपाली तथा स्थानीय समुदायको सहभागिता रहने अपेक्षा छ ।
कार्यक्रममा सहभागी हुन नेपाल रन यूकेको वेब साइट (www.nepalrun.org) मार्फत फारम भर्न सकिने आयोजकले बताएका छन् ।
कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार पनि प्रदान गरिने बताइएको छ ।
नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रम मार्फत नेपाली र गोर्खा समुदायको सकारात्मक गतिविधि एवं नेपाल प्रवर्धनमा पनि सहयोग मिल्ने नेपाल रनका संयोजक पाण्डव महतोले जनाए ।
उक्त कार्यक्रमका सह प्रायोजकमा मेकवर्थ अकाउण्टिङ, ट्राभल कन्सोल, रियल ड्रिम्स एजुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट, किरांत राई यायोक्खा, एसएनपी प्लस एकाउण्टिङ, आइएमइ लन्डन, धरान समाज यूके लगायत रहेको कोषाध्यक्ष रवीन्द्र अधिकारीले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५