मंगलबार, फागुन १३, २०८१
‘कूटनीतिमा सी विचारधारा’ पुस्तक प्रकाशित


रासस/सिन्ह्वा
अक्टोबर २१, २०२३

चिनिया राष्ट्रपति सी । तस्विर सिन्हवा
बेइजिङ, ४ कात्तिक –‘कूटनीतिमा सी विचारधारा’ नामक पुस्तक प्रकाशित भएको छ ।
दश भागमा विभाजित पुस्तकमा ४८ वटा प्रश्नको उत्तरसहित चिनिया राष्ट्रपति सीका विचारलाई समेटिएको छ । सो पुस्तकमा सीका विचारको महत्त्व, वैज्ञानिक प्रणाली, सार र प्रभावहरू साथै यसको अभ्यासको लागि आवश्यकतालगायतका विषयको व्याख्या समावेश गरिएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभाग र विदेश मन्त्रालयद्वारा संकलित सम्पादित यस पुस्तकले पार्टीका सदस्य, पदाधिकारी र जनतालाई पार्टीका नवीन सिद्धान्तको अध्ययन र विवेचना गर्दै त्यसलाई अझ गहिरो गरी बुझ्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५