अस्पताल आक्रमणमा कम्तीमा ४७१ जनाको मृत्यु



विष्फोटले ध्वस्त अस्पताल परिसर । तस्बिर एएफपी
गाजा सिटी, प्यालेस्टिनी क्षेत्र, १ कात्तिक–गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी कम्तीमा ४७१ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी घाइते भएको गाजास्थित हमासनियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
‘ब्याप्टिस्ट अस्पतालभित्र इजरायलीद्वारा गरिएको सबैभन्दा ठूलो र सबैभन्दा हिंसात्मक नरसंहारमा मृत्यु हुनेको सङ्ख्या ४७१ पुगेको छ, र २८ जनाको अवस्था गम्भीर छ, साथै ३१४ जना घाइते भएका छन्’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसअघि भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा २०० देखि ३०० जनाको मृत्यु भएको हुनसक्ने हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका थिए । उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन् ।
आक्रमणले अरब विश्वमा आक्रोश फैलाएको छ ।
इजरायल र प्यालेस्टाइनी लडाकूसमूहले मङ्गलबार उक्त केन्द्रमा भएको आक्रमणका लागि एकअर्कालाई दोषारोपण गर्दै आएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५