मंगलबार, फागुन १३, २०८१
हमासद्वारा बन्धक गरिएकालाई रिहा गर्न राष्ट्रसङ्घका महासचिवको आह्वान


रासस-सिन्ह्वा
अक्टोबर १६, २०२३
संयुक्त राष्ट्रसङ्घ, २९ असोज—सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा यथाशीघ्र मानवीय सहायता पुर्याउन आग्रह गरेका छन् ।
उनले हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई तुरुन्त रिहा गर्न पनि आह्वान गरेका छन् ।
“मध्यपूर्व अहिले असहज परिस्थितिमा छ”, उनले भने । हमासले बन्धकहरूलाई तुरुन्तै रिहा गर्न र इजराइलले गाजा क्षेत्रका नागरिकहरूलाई मानवीय सेवाको आपूर्ति तथा आवश्यक कामदारका लागि सहायता प्रदान गर्नु आवश्यक रहेको महासचिवको धारणा छ।
जोर्डन, पश्चिम किनार र इजराइलमा खाद्यान्न, पानी, गैर खाद्यवस्तु, चिकित्सा एवं इन्धनको आवश्यकता रहेको भन्दै महासचिवले त्यसको तत्काल आपूर्तिका निम्ति आग्रह गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५