मंगलबार, फागुन १३, २०८१
इजरायली आक्रमणमा परी एक हजार ४१७ प्यालेष्टिनीको मृत्यु


रासस/एएफपी
अक्टोबर १२, २०२३

गत अक्टोबर ११ मा गाजा सिटीमा इजरायलले प्रहार गरेको हवाइ आक्रमणपछि धुंवाको मुस्लो । तस्विर सिन्हवा
गाजा, २५ असोज–गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या एक हजार ४१७ पुगेको छ भने अन्य छ हजार २६८ जना घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायलले बिहीबार पनि गाजा पट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ ।
इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास) ले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको हो ।
इजरायलको सार्वजनिक प्रसारक कानले इजरायली मारिनेको सङ्ख्या एक हजार ३०० भन्दा बढी पुगेको जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५