शुक्रबार, पुष २६, २०८१
06:41 | १२:२६

आइसीसी निर्वाचनमा बेलायतका सबै उम्मेद्वारलाई सघाउन एनआरएनए यूकेको अपिल

नेपाली लिङ्क अक्टोबर १२, २०२३

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका विभिन्न पदमा उम्मेद्वारी दिने बेलायतका उम्मेदवारलाई जिताउन एनआरएनए यूकेले अपील गरेको छ।

मंगलबार साँझ यूकेका आइसीसी उम्मेद्वारहरुसंग गरिएको भर्चुअल अन्तरक्रियामा उनीहरुको पक्षमा एनआरएनए यूकेको पूर्ण साथको प्रतिवद्धतासमेत गरिएको छ।  

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले बेलायतका उम्मेद्वारहरुको निर्वाचन यहाँको सिंगो समुदायको प्रतिष्ठासँग जोडिएको बताए। 

‘आइसीसीमा उम्मेद्वारी दिने बेलायतका सबै उम्मेद्वारलाई जिताउनु यहाँका सबै डेलिगेटको कर्तव्य हो’, उनले भने, ‘हाम्रो ठाउँबाट प्रतिस्पर्धा गर्ने सबैलाई साथ, सहयोग दिन म सबैलाई आव्हान गर्दछु ।’ 

बेलायतबाट एकै पदमा धेरै जनाको उम्मेद्वारी पर्नु हुँदैन भन्ने संस्थाको लाइन स्पष्ट गर्दै उनले सबैलाई सहयोग गर्न सकिने अवस्था बन्नुपर्ने उल्लेख गरे ।  

सो अवसरमा आइसीसीका विभिन पदमा उम्मेद्वारी दिने तयारीमा रहेका आकांक्षीहरुले आ-आफ्ना धारणा राख्दै होम कन्ट्री बेलायतबाट ठूलो सहयोग अपेक्षा राखेको बताए।

यसपटक आइसीसीमा बेलायतबाट विनय अधिकारी अध्यक्ष, डा हेमराज शर्मा र रामशरण सिम्खडा उपाध्यक्ष, रोजिना प्रधान राई महिला उपाध्यक्ष, सोम सापकोटा उपमहासचिव, दयानिधि सापकोटा र राजेन्द्र पुडासैनी सचिव, महेश अधिकारी र शशांक शर्मा युरोप उपसंयोजक, प्रसुना कंडेल युरोप महिला संयोजक लगायतका उम्मेद्वारी घोषणा भएका छन्।

अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा महासचिव गोविन्द शर्मा खरेलले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए यूकेका डेलिगेट एवम् अभियन्ताहरुको सहभागिता थियो। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू