बेलायतको शासन १३ वर्षपछि विपक्षीको पकडमा !



लिभरपुल पार्टी सम्मेलनमा स्टार्मरका साथ रिभ्स । तस्बिर- एएफपी
लिभरपुल, २२ असोज–बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले सोमबार आफ्नो वार्षिक सम्मेलनमा ‘अन्ततः शक्ति हाम्रो पकड’ रहेको छ भन्दै कन्जरभेटिभको १३ वर्षको शासनपछि ‘बेलायतको पुनर्निर्माण’ का लागि तयार भएको बताएको छ ।
पार्टीकी नेत्री रचेल रिभ्सले सम्मेलनमा उपस्थित प्रतिनिधिहरूलाई आफ्नो पार्टीको आर्थिक मिसन भनेको बेलायतलाई पुनःस्थापित गर्नु रहेको बताइन् । आगामी निर्वाचनमा लेबर पार्टी विजयी भए रिभ्स बेलायतको पहिलो महिला अर्थमन्त्री बन्ने पक्का छ ।
किर स्टार्मरको नेतृत्वमा रहेको उनको दलले एक वर्षभन्दा बढी समयदेखि निर्वाचनहरूमा अग्रता बनाउँदै गएको छ । सन् २०२५ जनवरीसम्म हुनुपर्ने निर्वाचनबाट स्टार्मरले सत्ता सम्हाल्ने व्यापक अपेक्षा गरिएको छ ।
“किरको नेतृत्वमा शासन सम्हालेपछि मात्र हामी हाम्रा सिद्धान्तहरूलाई कार्यान्वयनमा ल्याउन सक्छौँ र अन्ततः शक्ति हाम्रो पकडमा छ”, सम्मेलनमा रिभ्सले भनिन् ।
बेलायत युक्रेनमा भएको युद्ध, ब्रेक्जिट र महामारीको लकडाउनका कारण उत्पन्न जीवनयापन संकटमा छ । सत्तारूढ कन्जरभेटिभ्सका तीन नेताले सन् २०१९ यता सत्ता सम्हालेका छन् । आफ्नो कर कटौती एजेन्डाले वित्तीय बजारलाई असर पारेपछि लिज ट्रसबाट ऋषि सुनक प्रधानमन्त्री बनेका छन् ।
“त्यसपछिको अराजकताले फेरि पनि हाम्रो अर्थतन्त्रमा तपाईं टोरीहरूलाई विश्वास गर्न सक्नुहुन्न”, रिभ्सले भनिन् । उनले भविष्यमा कुनै पनि कर र खर्च परिवर्तनमा स्वतन्त्र प्रक्षेपणका नियन्त्रणमा हुने कानून पेश गर्ने जानकारी पनि दिइन् ।
उनका अनुसार पार्टीले प्रविधि क्षेत्रका हस्तीहरूलाई उचित हिस्सा दिन र ऊर्जा क्षेत्रको मुनाफामा अप्रत्याशित कर लगाउने छ ।
बैंक अफ इङ्गल्यान्डका पूर्वअर्थशास्त्री समेत रहेकी रिभ्सले कोभिड महामारीका बेला जालसाजीपूर्वक प्राप्त भएको करदाताहरूको अनुमानित सात अर्ब २० करोड पाउन्ड पत्ता लगाउनका लागि अनुसन्धानकर्ताहरू नियुक्त गरिने जानकारी दिइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५