गल्कोट समाज यूकेमा चुनियो नयाँ समिति, अध्यक्षमा चन्द्र साहनी
लन्डन-बेलायतको सक्रिय नेपाली संस्था गल्कोट समाज यूकेले नयाँ नेतृत्व पाएको छ।
सोमबार बर्मिङहमको वेष्ट ब्रमिचस्थित रोयल क्यासलमा सम्पन्न संस्थाको चौँथो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
दुई वर्षे कार्यकाललाई निर्वाचित कार्यसमितिको अध्यक्षमा चन्द्र साहनी छन्। साहनी निवर्तमान समितिका उपाध्यक्ष हुन्।
नयाँ कार्यसमितिमा गोविन्दराम कंडेल, लाल थापा र णनाथ गैरे उपाध्यक्ष, कृष्ण खरेल महासचिव, राजु सापकोटा कोषाध्यक्ष, राजु बोहोरा सचिव र सुरेश परियार सहकोषाध्यक्ष चुनिएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यहरुमा श्याम खत्री, दिनेश कंडेल, खिमलाल गौतम, तेजबहादुर भण्डारी, कृष्ण खत्री, खगेन्द्र साहनी, बमबहादुर नेपाली ,कृष्ण साहनी, सिता खरेल, अजय सुवेदी, रत्ना केसी, गोमनाथ सुवेदी र शेरबहादुर रोका चयन भएका छन् भने निवर्तमान अध्यक्ष भोजराज कंडेल पदेन सदस्य रहनेछन्।
संस्थाका पूर्व अध्यक्ष राजु कंडेलको संयोजकत्वमा संस्थापक अध्यक्ष रेशम बुढाथोकी र शान्ति नेपाली समाजका पूर्व अध्यक्ष लीला थापा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनको प्रक्रिया सम्पन्न गरेको थियो ।
संयोजक कंडेलले नवनिर्वाचित समितिको घोषणा गरेका थिए भने निर्वाचन समिति सदस्य एवम् संस्थापक अध्यक्ष बुढाथोकीले शपथग्रहण गराएका थिए।
नयाँ समितिलाई संस्थापक अध्यक्ष बुढाथोकी, पूर्व अध्यक्ष कंडेल र निवर्तमान अध्यक्ष भोजराज कंडेललगायतले बधाई तथा कार्य सफलताको शुभकामना दिएका थिए ।
यसअघि निवर्तमान समिति अध्यक्ष भोजराज कंडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा लेखा समितिका संयोजक प्रेम गैरेले गत दुई वर्षको लेखा प्रतिवेदन पेश गरेका थिए। त्यस्तै, महासचिव विष्णु चालिसेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सन् २०१६ मा स्थापित गल्कोट समाज यूकेले विभिन्न सामाजिक काम समेत गर्दै आएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५