फिलिपिन्समा नेपाल झल्काउँदै विमला


लन्डन । फिलिपिन्समा भइरहेको ४६औं मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकी नेपाललाई विश्वभर चिनाउने प्रयासमा नेपाली पोशाकमा सजिएर प्रस्तुत भएकी छन् ।
नेपालको तर्फबाट ‘मिसेस युनिभर्स २०२३’ को प्रतिनिधित्व गर्दै मनिलामा भइरहेको मिसेस युनिभर्समामा आज भएको प्रिइलिमिनेशन राउन्डमा उनले नेपालीपन झल्काउने पहिरनमा उपस्थित भएकी हुन् ।
अक्टोबर १ तारिखबाट भोलि ८ तारिखसम्म हुने ४६औं मिसेस युनिभर्स प्रतियोगितामा बेलायत निवासी विमला नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स पुगेकी हुन् । आज राती सेमी फाइनल तथा नेशनल कष्टम राउण्डको प्रतियोगिता हुदैछ ।
नेपालको प्रतिनिधित्व गर्न पाएकोमा गौरव गर्दै आफूले फिलिपिन्स पुगेदेखि नै नेपाल र नेपालीलाई चिनाउने प्रयत्नमा लागेको विमलाले बताइन् ।
प्रतियोगितामा सहभागिता जनाउन आउनेहरुलाई नेपाली सामाग्रीहरु कोसेली स्वरुप प्रदान गर्दै नेपाल भ्रमणमा आउन निमन्त्रणा समेत दिएको उनले बताइन् ।
विश्वभरका दर्जनौं मिसेस सुन्दरीहरुको सहभागिता रहेको ‘मिसेस युनिभर्स २०२३’ को ग्राण्ड फिनाले भोलि आइतबार हुदैछ । लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको ‘कोरोनेसन नाइट’ मा विमलालई मिसेस नेपाल युनिभर्स २०२३ घोषणा गरेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५