शनिबार, पुष २७, २०८१
00:08 | ०५:५३

को हुन् एनआरएनए सहकोषाध्यक्ष उम्मेद्वार पोर्चुगलका तिलक गैरे ?

नेपाली लिङ्क अक्टोबर ६, २०२३

युरोप । गैरआवासीय नेपाली संघ युरोप क्षेत्रका उपसंयोजक तिलक गैरे संघको आगामी ११ महाधिवेशनका लागि सहकोषाध्यक्ष उम्मेदवारको रूपमा विश्व दौडाहामा छन् ।

गैरेले आफ्नो उम्मेदवारी र एजेन्डाहरुलाई मतदाता समक्ष प्रस्तुत गर्ने क्रममा युरोपका विभिन्न देशका एनसिसीहरुका प्रतिनिधि भेटघाट गरी मध्यपूर्वका आधा दर्जनभन्दा बढी देशका एनआरएनए अगुवा र प्रतिनिधिहरुसंग अन्तरक्रिया गरी पोर्चुगल फर्किएका छन् ।

युरोप र मध्यपूर्वका १५ भन्दा बढी देशका प्रतिनिधिहरुसंगको प्रत्यक्ष अन्तरक्रियापछि तिलक गैरे सह-कोषाध्यक्षमा सबैभन्दा ससक्त उम्मेदवारको रूपमा देखिएका छन् । अमिरिकाज्, ओसियाना र अष्ट्रेलिया क्षेत्रका एनसिसी र प्रतिनिधिहरुलाई पनि विभिन्न माध्यमले सम्पर्क गरी कुराकानी र अन्तरक्रिया गरिरहेको गैरेले बताए ।

१४ बर्षदेखि एनआरएनए अभियानमा सक्रिय अगुवाई र नेतृत्वदायी भूमिका खेल्दै आएका गैरेले गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्य, लेखा संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् । 

गैरे व्यक्तिगत रूपमा खुला हृदयले सहयोग गर्ने समाजसेवीको रूपमा सुपरिचित छन् । उनले प्रवास र नेपालको विभिन्न क्षेत्रमा पचासौं लाख रुपैयाँ भन्दा बढीको आर्थिक सहयोग गरिसकेका छन् ।

उनले पोर्चुगलसहित युरोपमा असामयिक निधन भएका व्यक्तिहरुको शव नेपाल पठाउन २० औं लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

पोर्चुगलमा अलपत्र परेर सडकमा बस्ने दर्जनौं व्यक्तिहरुलाई उद्दार गरी नेपाल पठाउने र कतिपयलाई पोर्चुगल मै पुनः स्थापित गराउने कार्यको अगुवाई गैरेले गरेका छन्।

उनले नेपालमा अपांगता भएका व्यक्तिहरुलाई ह्वील चेयरहरु सहयोगदेखि कोभिडका बेला नेपालमाअक्सिजन सिलिन्डरको सामग्रीहरु वितरण उपलब्ध गराएका छन् । 

कोभिडमा पोर्चुगलमा नेपालीहरु बसेको घरघरमा पुगेर खाद्यान्न लगायत औषधीहरु वितरण तथा कोभिड विरामीको उपचारका लागि पहल गरेका उनले एकल सुत्केरी महिलाहरुलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

नेपालको विभिन्न जिल्लाहरुमा खेलकुद सामग्री र खेलकुद विकासका लागि समेत गैरेले आर्थिक सहयोग गर्दै आएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू