आइतबार, फागुन ११, २०८१
गजल: एकनासे छैन हाम्रो जिन्दगानी


नेपाली लिङ्क
अक्टोबर ३, २०२३
मन्द हावाले अनौठो मात दिन्छ
घामछायाँले कतै बर्सात दिन्छ
यो मीठो पलको सुनौलो भेट हाम्रो
जूनले झैं प्रेमको सौगात दिन्छ
एकनासे छैन हाम्रो जिन्दगानी
दिन उता दिन्छ, यता अब रात दिन्छ
बन्छ प्यारो एकअर्कामा निस्वार्थी
एक लड्नासाथ अर्को हात दिन्छ
रात जब थाक्यो उषाको रंग पठायो
चम्किँदै धर्ती खुशीको खात दिन्छ
–संगीता स्मृति
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५