शनिबार, पुष २७, २०८१
01:49 | ०७:३४

पाकिस्तान विष्फोटमा ५२ जनाको मृत्यु, ५० बढी घाइते

रासस/एएनआई सेप्टेम्बर २९, २०२३

घट्नास्थलमा उद्धारकर्मी । तस्बिर- सिन्हवा

इस्लामावाद, १२ असोज–पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ ।

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै उक्त विस्फोट भएको जनाउँदै प्रहरीले घाइतेहरूको बलुचिस्तान र क्वेटाका अस्पतालमा उपचार भइरहेको जनाएको छ । विष्फोटमा एक जना प्रहरी अधिकारीले पनि ज्यान गुमाएका छन् ।

बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् । साथै उनीहरूले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् ।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्षित गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले छानबिन आयोग गठन गरेको छ । मास्तुङ जिल्लाका सहायक आयुक्तले यथाशक्य चाँडो छानबिन प्रतिवेदन पेश गर्न आग्रह गरिएको बताउनुभएको छ ।

क्वेटा र बलुचिस्तानका अस्पतालमा आपत्कालीन अवस्था घोषणा गरेका उपचारको व्यवस्था गरिएको छ । अहिलेसम्म विष्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू