न्यूजिल्यान्ड क्यान्टवरीमा दशैं धमाका तयारी: प्रमोद, मेलिना र सुमन कार्कीले प्रस्तुति दिने
लन्डन। न्यूजिल्यान्डको क्यान्टवरीमा नेपाली महान पर्व दशैंको अवसरमा एक विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ।
क्यान्टवरी नेप्लिज सोसाइटी र नेपाल न्यूजिल्यान्ड फ्रेन्ड्सिप सोसाइटीको संयुक्त आयोजनामा अक्टोबर २१ मा क्राइस्ट चर्चमा कार्यक्रम हुन लागेको हो।
कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने भएका छन्। गायक प्रमोद खरेल, गायिका मेलिना राई र कमेडियन सुमन कार्कीले प्रस्तुति दिने आयोजकले जनाएका छन्।
आयोजक क्यान्टवरी नेप्लिज सोसाइटीका उपाध्यक्ष जीवन अर्याल र नेपाल न्यूजिल्यान्ड फ्रेन्ड्सिप सोसाइटीका कोषाध्यक्ष अमुल्य नेपाल कार्यक्रमका संयोजक छन्।
कार्यक्रममा स्थानीय सबै नेपाली संघसंस्थाको समर्थन र समन्वयमा हुन लागेको हो।
सिंगो क्यान्टवरी र आसपासका सबै नेपालीले एउटै मञ्चमा बडा दशैं विशेष मनोरञ्जनसहित मनाउने अवसर रहेको भन्दै आयोजकले स्थानीय सबैलाई उपस्थितिको लागि आव्हान गरेका छन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५