शुक्रबार, पुष २६, २०८१
15:40 | २१:२५

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुल्यो

नेपाली लिङ्क सेप्टेम्बर २२, २०२३

लण्डन । गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने औपचारिक बाटो खुलेको छ।  गैरआवासीय नेपाली नागरिकता दिने प्रावधानसहितको नियमावली नेपाल राजपत्रमा प्रकाशित भएसँगै गैर आवासीय नेपाली नागरिकता प्राप्तिको व्यवहारिक बाटो खुलेको हो । 

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ले भनेको छ- ‘यो उपलब्धिका लागि समस्त हामी एनआरएनहरूमा बधाई । यस कार्य पुरा गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुभएका संविधानसभाका अध्यक्ष तथा पूर्व सभासद स्वर्गीय सुवासचन्द्र नेम्वाङ ज्यूलाई  यस अवसरमा विशेष रुपमा स्मरण गर्न चाहान्छौँ । साथै, सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, नेपालको प्रतिनिधि सभाका सभामुख एवं माननीय सदस्यज्यूहरु, राष्ट्रिय सभाका अध्यक्ष एवं माननीय सदस्यज्यूहरु, सम्पूर्ण राजनीतिक दलका नेतृत्व वर्ग तथा नेता ज्यूहरू, विभागीय माननीय मन्त्री ज्यूहरू, एवं नेपाल सरकारका अंगहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।’ 

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकता प्राप्तिको यस अभियानमा लाग्ने संघका पूर्व अध्यक्ष एवं पूर्व कार्यसमिति तथा वर्तमान कार्यसमितिको नेतृत्व एवं सम्पूर्ण अभियन्ताहरुमा आभार व्यक्त गरेका छन् ।

‘हाल प्राप्त नागरिकताको माग नै हाम्रो अन्तिम आवश्यकताको माग नभएपनि प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको अधिकारका लागि हाम्रो प्रयास भने जारी राख्ने छौं’-केसीले भनेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू