लेष्टरमा प्रवासी मञ्चको दशैंतिहार कार्यक्रम, जीवन शर्मा र पूर्णकलाको प्रस्तुति हुने


लन्डन। दशैं, तिहारसहितका महान नेपाली पर्वहरुको अवसरमा प्रवासी नेपाली मञ्च यूकेले एक शुभकामना कार्यक्रम गर्ने भएको छ।
आगामी अक्टोबर २ तारिख सोमबार लेष्टरमा दशैंतिहार शुभकामना तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।
सो अवसरमा हाल बेलायतमा रहेका वरिष्ठ गायक जीवन शर्मा र गायिका पूर्णकला बीसीले सांगीतिक प्रस्तुति गर्ने जानकारी कार्यक्रम संयोजन गरिरहेका मञ्चका नेता पशुपति पोखरेलले दिए।
सोही अवसरमा मिडल्यान्ड क्षेत्रबाट एनआरएनए यूके तथा आइसीसीका विभिन्न पदमा जिम्मेवारी सम्हाल्ने अभियन्ताहरुलाई सम्मान गरिने कार्यक्रम पनि छ।
कार्यक्रममा मञ्चका केन्द्रीय समिति अध्यक्ष तुंग भुषालसहितका पदाधिकारी, एनआरएनए अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहनेछ।
दशैं, तिहार, नेपाल संवत नयाँ वर्ष, छठसहितका पर्वको शुभकामना आदानप्रदानका साथै रमाइलो सांगीतिक कार्यक्रममा सहभागी हुन मञ्चले सबैलाई आव्हान गरेको छ ।
कार्यक्रम अपरान्ह ४ देखि राती १० बजेसम्म लेष्टरको ‘जंगल क्लब’ मा सञ्चालन हुनेछ। कार्यक्रममा प्रवेश निशुल्क छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५