चर्चित कलाकारका साथ बर्मिङहममा मनाइयो तीज (तस्विरहरु)
लन्डन। बेलायतको बर्मिङहममा उल्लेख्य सहभागितामा नेपाली नारीहरुको पावन पर्व तीज मनाइएको छ।
शान्ति नेपाली समाज बेलायतको आयोजनामा सोमबार वेष्ट ब्रमिचको ‘द कन्फरेन्स सुइट’ मा आयोजित तीज कार्यक्रममा एक हजार बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको प्रमुख आकर्षण रहेका चर्चित लोकदोहोरी गायक राजु परियार, गायिका शिला आले र वरिष्ठ गायक जीवन शर्माले लाइभ सांगीतिक प्रस्तुति गरेका थिए। उनीहरुले आ-आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर दर्शक नचाए । गायिका आलेले तीजका भाकाहरु समेत प्रस्तुत गरेकी थिइन्।
त्यसैगरी, कार्यक्रममा एक दर्जन बढी स्थानीय कलाकारले आकर्षक नृत्यहरु देखाएका थिए।
समाजका अध्यक्ष प्रविण खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी हुन मिडल्यान्डका विभिन्न क्षेत्र र लन्डन तथा आसपासबाट समेत अतिथिहरु पुगेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए यूके उपाध्यक्ष सुरेश परियारले शुभकामना मन्तव्य राख्दै कार्यक्रम आयोजक शान्ति नेपाली समाजलाई धन्यवाद दिए।
समाजका अध्यक्ष प्रविण खरालले कार्यक्रममा उपस्थित सबै अतिथि तथा सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
सो अवसरमा निवर्तमान अध्यक्ष भोजराज भण्डारीले शुभकामना मन्तव्य राखेका थिए भने उपाध्यक्ष बाबुराम सापकोटाले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन पदम शाही र सीता घिमिरे पौडेलले गरेका थिए।
कार्यक्रममा प्रस्तुति गर्ने कलाकार तथा अतिथिहरुलाई आयोजकले प्रशंसापत्र सहित सम्मान गरेका थिए। आकर्षक पुरस्कारसहित राफल ड्र पनि गराइएको थियो ।
तस्विरहरु: टिका अधिकारी
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५