आइतबार, भदौ २३, २०८१
03:14 | ०७:५९

कोभेन्ट्रीमा धुमधामसँग मनाइयो तीज

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२३

लण्डन । कोभेन्ट्री नेपाली समाज बेलायतले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा एक विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । 

सेप्टेम्वर ७ तारिख नेपालका ख्यातिप्राप्त कलाकारहरु जन गायक जीवन शर्मा, लोक दोहोरी कलाकार राजु परियार, सिला आले र बासुरी बाधक धनवहादुर गुरुङले उक्त कार्यक्रममा आफ्ना प्रस्तुति दिएका थिए । कोभेन्ट्रीस्थित विलेनहल सोसल क्लवमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रवासी कलाकारहरु मनिसा अम्माई, सोफी नेपाली, प्रगति सापकोटा र जोत्सना दवाडीले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

नेपालबाट छोटो समयका लागि उपस्थित भएका बृद्ध बुवा आमालाई प्रमुख अतिथि बनाइ कार्यक्रम उद्घाटन गरिएको थियो । करिव २० जना बृद्ध बुवा आमाहरुले संयुक्त रुपमा पानसमा दियो प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । त्यसैगरी नेपाली राष्ट्रिय गान बजाई कार्यक्रमको सुरुवात भएको थियो ।

कोभेन्ट्री नेपाली समाजका कार्यवाहक अध्यक्ष सन्तोष रेग्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष शंकर खरेलले स्वागत मन्तब्य दिएका थिए । 


त्यसैगरी समाजका अर्का उपाध्यक्ष विनोद विकलले समाजले गरेका प्रगतिबारे चर्चा गरे । दर्शक चाहनालाई लक्षित गरी अत्यन्त छोटो समयमा समापन गरिएको भाषणरहित औपचारिक कार्यक्रम धेरै चर्चाको विषय बनेको थियो । 

अत्याधुनिक म्यूजिक र लाइट ब्यवस्थापन गरिएको उक्त सांगीतिक कार्यक्रम सञ्चालन समाजका महासचिव बाबुराम भुषाल र सल्लाहकार रमेश कंडेलले गरेका थिए । म्यूजिक संयोजनमा अनुभव सापकोटा थिए । कार्यक्रमको अन्त्यमा कलाकारहरुलाई सम्मान गरी विदाइ गरिएको थियो ।

कार्यक्रममा टिकट ब्यवस्थापन तथा सहजीकरणमा महिला उपाध्यक्ष कमला सापकोटा, समाजका सह कोषाध्यक्ष मणी सापकोटा, सहकोषाध्यक्ष दिनेश गौतम, सदस्यहरु लेखनाथ रेग्मी, गोपाल खड्का, प्रकास वाग्ले, बालकृष्ण सापकोटा, मणी पराजुली, नरवहादुर थापा लगायतले महत्वपूर्ण भूमिका निवाह गरेका थिए ।

सहभागीलाई खाना ब्यवस्थापन शिव निरौलाले गरेका थिए भने कार्यक्रम सफल बनाउन एक्सिलेन्ट फाइनान्सियल सर्भिस, खुशी ग्रिल रेस्टुरेन्ट, हिमाली फुड सप्लायर्स, डिएन ड्राइभिङ स्कूल, वर्ल्ड रेमिट, आइएसबी बैंक र सुनगाभा इन्टरटेन्टमेन्टको सहयोग थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू