मिसेस नेपाल युनिभर्स २०२३ को ताज विमला बुढाथोकीलाई, क्राउनिङ २४ सेप्टेम्बरमा


लन्डन । बेलायतमा वर्षेनी हुंदै आएको मिसेस युनिभर्स नेपाल २०२३ को ताज विमला बुढाथोकीले पहिरिने भएकी छन्।
आयोजक लन्डन फेसन हाउसले उनलाई यस संस्करणको विजेता चयन गरेको हो।
लन्डनमा यही २४ सेप्टेम्बर एक विशेष समारोह (कोरोनेसन नाइट) बीच मिसेस युनिभर्स नेपाल २०२३ को औपचारिक घोषणा गरिनेछ । विमला मिसेस नेपाल युभिनर्स २०२२ की फष्ट रनर अप हुन्।
यसपटक प्रतिष्पर्धा नगरि आन्तरिक छनोट प्रक्रियाबाट विजेता चुनिएको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जनाइन्।
मिसेस युनिभर्स नेपाल २०२३ विजेता बुढाथोकीले अक्टोबर पहिलो साता फिलिपिन्समा आयोजना हुने ४६ औं मिसेस युनिभर्समा सहभागिता जनाउनेछिन्। उक्त प्रतियोगितामा विश्वभरका एकसय बढी देशका सुन्दरीहरुले प्रतिष्पर्धा गर्नेछन्।
नेपाली लिंकसंग कुरा गर्दै बुढाथोकीले आफूलाई उक्त ताज दिने निर्णय गरेकामा लन्डन फेसन हाउसप्रति आभार व्यक्त गरिन्। फिलिपिन्समा सहभागिता जनाउन निकै उत्साहित भएको जनाउंदै उनले सबैको आशीर्वाद र सहयोग आशा गरेकी छन्। आफनो ताज र नयां जिम्मेवारीलाई समाजको हितमा सदुपयोग गर्ने उनको अठोट छ।
सन् २०१० मा बेलायत आएकी विमला बेलायतको नेपाली समुदायमा परिचित छन्। उनले विभिन्न च्यारिटी इभेन्टसमा नृत्य समेत गर्दै आएकी छन्। पेशागत रुपमा विमला विगत ६ वर्षदेखि बेलायती चेन क्याफे ‘प्रेट अ मंगर’ मा स्टोर म्यानेजरका रुपमा कार्यरत छन्।
लन्डन फेसन हाउसले विवाहित महिलाहरुको प्रतिभा उजागर एवं आत्मविश्वास वृद्धि गर्ने उद्देश्यले सन् २०१७ देखि मिसेस नेपाल यूके शुरु गरेको थियो।
सोही प्रतियोगित गत वर्षदेखि भने मिसेस नेपाल युनिभर्सका रुपमा आयोजना गर्न थालिएको प्रतियोगिता संस्थापक एवम् सन् २०१८ की मिसेस नेपाल युनिभर्स मनिषा डंगोल श्रेष्ठले बताइन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५