अमेरिकी व्यापार घाटा बढ्यो



संयुक्त राज्य अमेरिकाको सिकागो शहर । तस्बिर-एएफपी
वासिङ्टन । आयातमा भएको वृद्धिका कारण जुलाईमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्यांकले देखाएको छ ।
“जुलाईमा अमेरिकाको व्यापार घाटा बढेर ६५ अर्ब डलर पुगेको छ, जुन जुनमा संशोधित ६३.७ अर्ब डलरको आँकडाभन्दा बढी हो,” वाणिज्य विभागले जनाएको छ।
पछिल्लो तथ्यांकअनुसार आयात १.७ प्रतिशतले बढेर ३१६.७ अर्ब डलर पुगेको छ भने निर्यात १.६ प्रतिशतले बढेर २५१.७ अर्ब डलर पुगेको छ ।
विशेषगरी सेमीकन्डक्टरसँगै मोबाइल फोन र औषधिजन्य तयारी उपभोग्य वस्तुजस्ता सामानको आयात बढेको बुधबारको प्रतिवेदनले देखाएको छ ।
अमेरिकी अर्थतन्त्रमा सुस्तताको संकेत देखिए पनि लचिलो उपभोक्ता खर्चले अमेरिकी व्यापारलाई बढवा दिन मद्दत गरेको छ ।
तर, मुद्रास्फीति घटाउने र मागलाई सुस्त बनाउने उद्देश्यले केन्द्रीय बैंकले तीव्र ब्याजदर वृद्धि गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा तरंग आउन सक्ने देखिएको छ ।
जुलाईमा सामानको निर्यातमा सवारी साधन, पार्टपूर्जा र इन्जिनको निर्यात बढेको छ भने औद्योगिक आपूर्तिमा पनि वृद्धि भएको छ ।
अमेरिकाको चीनसँगको व्यापार घाटा जुलाईमा १.२ अर्ब डलर बढेर २४ अर्ब डलर पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५