गायिका पूर्णकला बीसीसंगै लेष्टरमा मनाइयो तीज


लन्डन। मिडल्यान्डको लेष्टरमा नेपाली नारीहरुको विशेष पर्व तीज एक भव्य कार्यक्रमसहित मनाइएको छ।
श्रीजनशील लेष्टर नेपाल यूकेद्वारा चेकर्स रोडस्थित जंगल क्लब रेष्टुरेन्ट तथा पार्टी हलमा आयोजित कार्यक्रममा तीज मनाउन सयौंको संख्यामा स्थानीय नेपाली महिला भेला भएका थिए।
कार्यक्रमको प्रमुख आकर्षण चर्चित लोकदोहोरी गायिका पूर्णकला बीसी थिइन्। उनले लोकप्रिय तीजका भाकाहरु गाएर उपस्थित दिदीबहिनीलाई नचाएकी थिइन्। साथमा स्थानीय कलाकारले पनि आकर्षक नाचहरु देखाएका थिए।
श्रीजनशील लेष्टर नेपाल अध्यक्ष पुण्डरी अर्यालले अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिडल्यान्डभरका नेपाली संघसंस्था प्रतिनिधि र समुदायका अगुवा अभियन्ताहरुको उपस्थिति थियो।
एनआरएनए यूके उपाध्यक्ष सुरेश परियार, आइसीसी सदस्य विष्णु चालिसे , साझा नेपाली समाज यूकेका उपाध्यक्ष शिव खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी यूके संयोजक पवन शर्मा, साझा नेपाली समाज यूके पूर्व अध्यक्ष महेश अधिकारी, कोभेन्ट्री नेपाली समाजका गोविन्द सापकोटालगायत अतिथि उपस्थित थिए।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष राजु कंडेल, पूर्व अध्यक्ष एवम् एनआरएनए युरोप उपसंयोजक दयानिधि सापकोटा, पूर्व अध्यक्षहरु प्रेम आले मगर र पशुपति पोख्रेल , निवर्तमान अध्यक्ष नारायण फुयाल, सल्लाहकारहरू डा मिलन ज्ञवाली, डा प्रकाश पाण्डे, भानुभक्त घिमिरे, सुरेश केसी, शिव गौतमसहित समाजका विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति थियो।
विशिष्ट अतिथिको रूपमा नेपालबाट आएका आमाहरूबाट पानसमा बत्ती बाली नेपाली राष्ट्रिय धुन बजाएर कार्यक्रम उद्घाटन गरिएको थियो। कार्यक्रममा संस्थाकी सचिव माया प्रधानले स्वागत गरेकी थिइन् भने महासचिव शिव पराजुलीले सञ्चालन गरेका थिए।
सो अवसरमा विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने सदस्यहरूलाई संस्थाका अध्यक्ष पुण्डरी अर्यालले प्रमाणपत्र वितरण गर्दै सम्मान गरेका थिए।
अध्यक्ष अर्यालले कार्यक्रममा उपस्थित अतिथिलाई धन्यवाद दिँदै सम्पूर्ण महिलामा संस्थाको तर्फबाट तीजको शुभकामना दिएका थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५