ऐतिहासिक खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले स्तब्ध


लन्डन। एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानसँगको ऐतिहासिक खेलमा नेपाल २ सय ३८ रनले पराजित भएको छ।
३ सय ४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट भएको हो ।
पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २/२ विकेट लिए । नसिम शाह र मोहम्मद नवाजले एक एक हात पारे ।
नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले २७ रन बनाउन सके । यी दुईले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । नेपालले ७२ रन जोड्दा ह्यारिस रौफले आरिफलाई आउट गर्दै उक्त साझेदारी तोडे । त्यसपछि रौफकै बलमा सोमपाल आउट भए ।
नेपालले १४ रनमै ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल ८ र आसिफ शेख ५ रनमा आउट भए भने कप्तान रोहित पौडेलले खाता खोल्न सकेनन् । गुल्सन झाले १३ रन बनाए भने सन्दीप लामिछानेले खाता खोल्न सकेनन् ।
त्यसअघि पहिलो ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सत ४२ रनको विशाल स्कोर खडा गरेको थियो ।
नेपालका लागि सोमपाल कामीले दुई तथा सन्दिप लामिछाने र करण केसीले एकएक विकेट लिएका थिए।
सोह्रौँ संस्करणको एसिया कपमा नेपालले डेब्यू गरेको हो। उद्घाटन खेलमै नेपाली क्रिकेट टोली एकदिवसीय वरियतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग भिडेको थियो। नेपालको अर्को खेल आगामी सोमबार भारतसँग हुनेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५